एक महिना नेपाल भारत सिमानामा विताएका नेपालीलाई स्वदेश ल्याउन सुरु

 बिहिबार, बैशाख १८, २०७७ | onlinenews

१८ वैशाख,काठमाडौं–भारतीय शिविरमा रहेका नेपालीलाई स्वदेश ल्याउन सुरु गरिएको छ । लकडाउनका कारण भारतका विभिन्न स्थानमा रहेका नेपालीहरू आफ्नो घर फर्कन नेपाल भारत सीमामा आइपुगेपछि लकडाउनको कारण नेपालले पनि आवागमन बन्द गरिदिएको थियो ।
चैत्र १७ गतेदेखि भारतका विभिन्न शिविरमा बस्दै आएका नेपालीहरु एक महिना बितिसकेपछि बिहीवार बिहान दार्चुलाका दुईवटा नाका खोलेर स्वदेश ल्याउन शुरू गरिएको श्रोतले जनाएको छ ।
बैतडी र बझाङ जिल्लाका नागरिकलाई दत्तु पुलघाट तथा दार्चुला र अन्य जिल्लाका नागरिकलाई खलङ्गा पुलघाटबाट नेपाल ल्याउन लागिएको हो ।

प्रतिकृया

Add