गीत गाउने प्रयास गरेकी त छैन तर एक दिन अवस्य गायिका बन्ने छु

 बिहिबार, बैशाख १८, २०७७ | onlinenews

रुपन्देही जिल्लाको देबदह नगरपालिका–११ मा २०४९ सालमा जन्मिएकी एक उज्ज्वल भविष्य बोकेकी कलाकार हुन हिरा केसि । परिवारको पहिलो सन्तानको रुपमा धर्ती टेकेकी उनी भविष्यमा गायिकासम्मको लक्ष्य लिएकी छिन । अहिले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनीसँग हाम्रो अनलाइन न्यूजका सन्तोष ढुङ्गेलले गरेको कुराकानी

तपाइको बाल्यकाल कसरी बित्यो ?

बाल्यकाल खासै तेस्तो त केही छैन रमाइलो र खुसी साथनै बित्यो । सायद पहिलो सन्तान भएर पनि सबैकि प्यारि भएँ, घरमा भन्दा नि मामा घरमै हुर्किए र मामा घरकि धेरै प्यारि भएर होला त्यस्तो खासै नराम्रो भएन ।

तपाइलाई यो क्षेत्रमा आउन कसले प्रेरणा दियो ?

मलाई यो क्षेत्रमा आउने सानैदेखि रहर थियो तर पढाइले गर्दा र मामा घरको अनुशासनमा रहेको र हाम्रो सामजमा छोरी मान्छे बाहिर हिड्न हुन्न बिग्रिन्छ भन्ने कुराले नि म यो क्षेत्रमा इच्छा भएर पनि आउन सकिरहेकी थिइन । एक दिन अचानक फेसबुकबाट एक जना दाजुसँग कुराकानी हुँदै जादा उहाबाट धेरै कुरा जान्ने मौका मिल्यो र घरमा सल्लाह गर्दा ठिकै छ राम्रो हुन्छ भने गर भन्नुभयो । त्यसपछि यो क्षेत्रमा आएकि हुँ । जोसँग मेरो कुरा भएको थियो उहाँ दाजु मेरो र घरबाट राम्रो साथ र सपोर्ट पाएर नै यो क्षेत्रमा आएकी हुँ ।

 आपूmले काम गरेको क्षेत्रमा कतिको सन्तुष्ट हुनुहुन्छ ?

म सन्तुष्ट नै छु भन्नुपर्छ किन कि यसलाई नै पेसा बनाइन तर रहर पूरा भयो र अझै अगाडि बड्न चाहान्छु ।

गीत पनि गाउनु हुन्छ कि म्यूजिक भिडियोमा मात्र खेल्नु हुन्छ ?

मैले गीत गाउन प्रास त गरेकि छैन तर सिक्ने कोसिस गरिराछु, पक्कै पनि एकदिन गायिका हुनेछु र अहिले चाहि भिडियो मात्र गर्छु ।

आजसम्म कतिवटा गीतमा अभिनय गर्नु भएको छ ?

यो क्षेत्रमा लागेको धेरै त भएको छैन र चर्चित नि भएकि छैन तर जति जनाले चिन्नु हुन्छ राम्रो छ अझै कोसिस गर्दै जाउ राम्रो हुन्छ भन्नु हुन्छ । अहिलेसम्म मैले ६ वटा भिडियोमा अभिनय गरे अब आउने दिनमा अझै गर्ने छु ।

अहिलेसम्म खेल्नु भएको म्युजिक भिडियो मध्ये चर्चित भएका कुनै छन ?

हजुर ! छन मेरो देश प्राण भन्दा प्यारो, शुभकामना समवेदना र रातो टीका लगाउला जमरा भन्ने गीतहरु दर्शक श्रोताले मन पराइदिनु भएको छ ।

 कस्ता–कस्ता गीतमा अभिनय गर्न मन पराउनु हुन्छ ?

मैले अभिनय गरेको भिडियोहरु सबै लोकदोहोरी नै हो । एउटा आधुनिकमा गरे तर अरु सबै लोक गीत नै हुन् ।

 पछिल्लो समय गीत÷संगीत र म्यूजिक भिडियोमा देखिएको केही बिकृितलाई के भन्नु हुन्छ ?

पछिल्लो समयमा देखियको गीत÷संगीतको बिकृतिलाई हेर्दा सायद २/४ जना कलाकारले गर्दा नै होला यो क्षेत्रमा लाग्नेलाई सबैले नराम्रो भन्ने गरेको छ । तर आपूm राम्रो भएर काम गर्यो भने र आफ्नो ठाउँमा बसेर काम गर्योे भने यसलाई नराम्रो भन्न मिल्दैन । तर कुनैकुनै कलाकारले आपूm अगाडि छिटो आउन र आपूmलाई चिनाउन बिकृति फैलाउदैमा सबैै कलाकारलाई नराम्रो भन्न मिल्दैन जस्तो लाग्छ मलाई ।

आपूmलाइ मोडल कि ग्ल्यामर के भन्न रुचाउनु हुन्छ ?

म आपूmलाई मोडल नै भन्न रुचाउछु ।

भविष्यको योजना के छ ? कस्तो खालको योजना बनाउनु भएको छ ?


मेरो भविष्यको योजना भन्नु भन्दा यो क्षेत्रलाई अगाडि बडाउने सोचिराकि छु । अहिलेसम्म जोजतिले चिन्नु भएकोछ त्यसमै खुसि छु तर आउने दिनमा अझै राम्रो काम गरेर देखाउने र आपूmलाई चिनाउने प्रायास मा छु ।

अन्त्यमा दर्शक श्रोतालाई केही भन्न चाहनु हुन्छ ?

कलाकार सबै नराम्रा हुदैनन् । २/४ जना कलाकारले गर्दा सबै कलाकारहरुलाई नराम्रो नभन्नु होला । हामी सबै मान्छेभित्र कला लुकेको हुन्छ फरक यति मात्रै होकि कसैले बाहिर देखाउछन् भने कसैले मनभित्रै दबाएर राखेको हुन्छ । कलाकारलाई हेर्ने नजर बदल्नुस, कलाकार देशको गहना मानिन्छ, मान्दै नि आएको छौं । त्यसैले मलाई मात्रै होइन कि सबै कलाकारहरुलाई माया गर्नुस, हजुरहरुको माया र सपोटले नै हो हामी अगाडि बढ्ने छौँ । आम दर्शक श्रोतामा म नमन गर्छु र साथ र सपोर्ट गरिदिनुहुन अनुरोध गर्न चाहन्छ ।

प्रतिकृया

Add