अमेरिकामा रेमडेसिभिर औषधि कोरोनाविरुद्ध प्रयोग गरिने

 शनिबार, बैशाख २०, २०७७ | onlinenews

२० वैशाख, काठमाडौं– अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए) रेमडेसिभिर कोरोनाको विरुछ प्रयोग गर्न अनुमति दिएको हो ।
कोरोना भाइरस संक्रमण भएर अस्पताल भर्ना भएको विरामीलाई यो औषधी दिइनेछ ।
गिलेड कम्पनीले निर्माण गरेको रेमडेसिभिर औषधि कोरोना भाइरसको लागि प्रभावकारी देखिएको अमेरिकाको सरकारी अध्ययनले देखाएको छ । यो औषधिले मानिसहरु छिट्टै नै निको हुने अध्ययनमा उल्लेख गरिएको छ ।
अध्ययनमा एक हजार ६३ जना कोरोनाको गम्भीर लक्षण भएका बिरामीलाई सामेल गरिएको थियो । अध्ययनको क्रममा यो औषधि दिएका बिरामीहरु अन्य बिरामीको तुलनामा छिटै निको भएको पाइएको थियो । यो औषधि दिएका मानिसहरु औसतमा ११ दिनमा निको भएर घर फर्किने छन् । तर, सामान्य अवस्थामा भने औसतमा १५ दिन लाग्ने गरेको छ ।

प्रतिकृया

Add