समीक्षाको उपचारका लागि राष्ट्रिय टिमको सहयोग

 आइतवार, बैशाख २१, २०७७ | onlinenews

२१ वैशाख, काठमाडौं– आँखामा गम्भीर चोट लागेरे उपचारमा रहेकी यू १६ महिला फुटबल खेलाडी समीक्षा मगरलको उपचारको लागि राष्ट्रिय महिला टिमको तर्फबाट हरि खड्काले ५० हजार नगद सहयोग घोषणा गरेका छन् ।
एन्फा महिला विभाग प्रमुख हरि खड्काले नेपाली राष्ट्रिय महिला टोली र महिला विभाग र अफिसियलहरुको तर्फबाट ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हन् । खड्का महिला टिमका पूर्वप ्रशिक्षक हुन् ।
बैशाख १२ गते उदयपुरस्थित घर नजिकै काम गर्ने शिलशिलामा ढुंगा उछिट्टियर लागेपछि समीक्षाको दायाँ आँखामा गम्भीर चोट लागेको थियो । अहिले विराटनगरस्थित आँखा अस्पतालमा उपभार भइरहेको छ ।
शनिवार ए डिभिजन लिग क्लब मनाङ मस्र्याङ्दीले समीक्षाको लागि क्लबको तर्फबाट ३० हजार रुपैयाँ सहयोग घोषणा गरेको छ । यसअघि शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फा र विराट सांग्रिला स्पोर्टिङ क्लबले समान २५ हजार आर्थिक सहयोग गरेका थिए ।
समीक्षाको आँखाको शल्यक्रिया गर्ने तयारी भइरहे पनि उनको आँखाको ज्योती पुरानै अवस्थामा फर्काउन भने सम्भव नरहेको डाक्टरले जानकारी दिएका बताइएको छ ।

प्रतिकृया

Add