नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
२१ वैशाख, काठडमौं– संघीय संसदको बजेट अधिवेशन यही वैशाख २६ गतेका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
बजेट अधिवेशन आह्वानका लागि सरकारले आइरतबार राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । वैशाख २६ गते दिउँसो ४ बजेको लागि बजेट अधिवेशन आह्वान गरिएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, बजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ । अघिल्ला वर्षहरूमा यतिबेला नीति तथा कार्यक्रम र बजेटको बारेमा छलफल हुने गरेको थियो । यस पटक भने कोरोनाका कारण संसदको गतिविधि पनि प्रभावित भएको छ ।