सीमा क्षेत्रमा उत्तर र दक्षिण कोरियाका सैनिकबीच गोली हानाहान

 आइतवार, बैशाख २१, २०७७ | onlinenews

२१ वैशाख–उत्तर कोरिया र दक्षिण कोरियाको सीमा क्षेत्रमा दुबै देशका सैनिकबीच गोली हानाहान भएको छ । अन्तराष्ट्रिय समाचार संस्था एएफपीका अनुसार गैरसैन्य क्षेत्रमा आइतबार बिहान उत्तर कोरियाली सैनिकले गोली चलाएपछि दक्षिण कोरियालले जवाफी फायर गरेको हो ।
उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएको एक दिनपछि कोरियाली प्रायद्वीपमा दुई देशका सैनिकबीच गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेनाको सुरक्षा पोस्टलाई लक्षित गरी उत्तरबाट पटक–पटक गोली प्रहार भएपछि जवाफी फायर गरिएको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
दक्षिण कोरियाली अधिकारीले पछिल्लो घटनाका बारेमा सैनिक हटलाइनमार्फत बुझिरहेको पनि जनाएको छ । सन् १९५३ मा दुई कोरियाली देशबीचको युद्ध प्राविधिक रुपमा समाप्त भए पनि बेलाबेला तनाव सिर्जना हुने गरेको छ ।

प्रतिकृया

Add