प्रहरी र स्थानीयबीच झडप, प्रहरीको गाडीमा तोडफोड

 मङ्लबार, बैशाख २३, २०७७ | onlinenews

२२ वैशाख, बाँके– नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको छ । बिहान बजार बन्द गराउने क्रममा प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको हो ।
झडपका क्रममा व्यापारीको समूहले वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड समेत गरिएका छन् ।
निषेधित क्षेत्रमा लकडाउन कार्यान्वयन गराउन गएका प्रहरीमाथि त्रिवेणी मोडमा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै प्रहरीमाथि नै हातपात गरेका थिए ।
प्रहरीमाथि हातपात गरेपछि उनलाई नियन्त्रण लिन सामान्य बल प्रयोग गरिएकोे बाँके प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले उपमहानगरपालिका क्षेत्रलाई मंगलबार बिहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातसम्म पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रतिकृया

Add