प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वास्थ्यकर्मीको चरम लापर्बाही

 मङ्लबार, बैशाख २३, २०७७ | onlinenews
Share this

२२ वैशाख, रामेछाप– प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वास्थ्यकर्मीको चरम लापर्बाही भेटिएको छ । स्वास्थ्य केन्द्रमा भ्याक्सीन भएर पनि भ्याक्सिन लगाउन आएका विरामीलाई उसै फर्काइदिएको विरामीको गुनासो छ ।
यही वैशाख २० गते मन्थली नगरपालिका–४ सालुकी शुभेक्षा थापा रेविज भ्याक्सिन लगाउन भनि मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेकी थिइन् ।
गाउँमा कुकुरले टोकेपछि रेविज विरुद्धको पहिलो भ्याक्सिन १६ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमै लगाएकी थापा दोश्रो पटकको भ्याक्सिन लगाउन प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी थिइन् । तर ड्यूटिमा रहेका स्वास्थ्यकर्मीले भ्याक्सिन सकिएको भनेर उनलाई उसै फर्काइदिए ।
सो समयमा ड्यूटिमा रहेकी स्वास्थ्यकर्मी जस्मिन श्रेष्ठले भ्याक्सिन सकिएको भन्दै रामेछाप सामुदायिक अस्पतालमा भ्याक्सिन पाइने समेत जानकारी दिइन् ।


प्रथामिक स्वास्थ्य केन्द्रमा भ्याक्सिन सकिएको भनेपछि कुकुरको टोकाइबाट घाइते भएकी शुभेक्षा थापाले रामेछाप सामुदायिक अस्पतालमा भ्याक्सिन लगाएर घर फर्केकी थिइन ।
तेश्रो पटक भ्याक्सिन लगाउन मंगलबार मन्थली झरेकी थापाले प्राथमिक स्वास्थ्य केन्द्रमा दोस्रो पटकको भ्याक्सिन लगाउन जाँदा भ्याक्सिन भएर पनि आपूmलाई नलगाइदिएको कुरा थाहा पाइन् । प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य सेवामा गम्भीर लापर्बाही गरेको उनको भनाई छ ।
शुभेक्षा थापालाई मात्रै हैन रेविज विरुद्धको भ्याक्सिन लगाउन त्यहाँ पुगेका अरुलाई पनि भ्याक्सिन सकिएको भनि फर्काइएको थियो ।
यही वैशाख महिनामा स्वास्थ्य शाखा मन्थलीले २ सय थान रेविज भ्याक्सिन प्राथमिक स्वास्थ्य केन्द्रलाई पठाएकाले वैशाख महिनामा भ्याक्सिनको अभाव नभएको बताएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख समेत रहेका डा. सागर जर्गा मगरले पनि वैशाख महिनामा भ्याक्सिन अभाव नभएको बताए । २० गते शनिबार परेकाले शनिबार प्यारामेडिक्स विदामा रहेका कारण ड्यूटिमा रहेका स्वास्थ्यकर्मीलाई औषधी स्टक भएको बारेमा जानकारी नभएको कारण गल्ती हुन पुगेको उनले स्वीकार गरे ।
तत्कालै बैठक बोलाएर यस विषयमा छलफल गर्ने र आगामी दिनमा यस्तो गल्ती दोहोरिन नदिने पनि डा. मगरले हाम्रो अनलाइन न्यूजलाई बताएका छन् ।

Share this

प्रतिकृया

Add