नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
२४ वैशाख, रामेछाप– सहास नेपालद्धारा सञ्चालीत सामुदायिक विद्यालयहरुमा समावेशी तथा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजनाले सुनापति र दोरम्बा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
परियोजनाले बुधबार सुनापति गाउँपालिकामा पुगेर पीपीई १० सेट, थर्मल गन ३ वटा, मेडिकल किट ५ प्याकेट, स्यानिटाइजर ५ सय एमएलको ५० थान, माक्स ९५ को १० वटा, ग्लोब्स ५ प्याकेट, हात धुने साबुन १ हजा ६ सय ६ वटा, हाउस ग्लोब्स २० वटा, सर्जिकल माक्स ७ सय ५० वटा प्रदान गरेको हो ।
चाइल्ड एड नेटवर्कको आर्थिक सहयोगमा सहयोगी हातहरुको समूह (सहास) नेपालद्धारा सञ्चालित सामुदायिक विद्यालयहरुमा समावेशी तथा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजना अधिकृत सुकराम घिसिङले सुनापति गाउँपालिका अध्यक्ष धावा लामालाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । सुनापति गाउँपालका अध्यक्ष धावा लामाले स्वास्थ्य सामग्री बुझ्दै सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरे ।
परियोजनाले मंगलबार दोरम्बा गाउँपालिकालाई पीपीई १४ सेट, थर्मल गन १२ वटा, मेडिकल किट १० प्याकेट, स्यानिटाइजर ५ सय एमएलको एकसय थान, माक्स ९५ को १५ वटा, ग्लोब्स १० प्याकेट, हात धुने साबुन १ हजार ७ सय ६ वटा, हाउस ग्लोब्स ३० वटा, सर्जिकल माक्स ७ सय ५० वटा प्रदान गरेको थियो ।
सो सामग्री परियोजना अधिकृत सुकराम घिसिङद्धारा गाउँपालिका अध्यक्ष कमान सिं मोक्तानलाई प्रदान गरिएको थियोे ।
(कोभिड–१९) कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको कार्यक्रम अधिकृत तामाङले बताए ।
चाइल्ड एण्ड नेटवर्कको आर्थिक सहयोगमा स्वास्थ्य सामग्री प्रदान गरिएको पनि तामाङले जानकारी दिए । स्वास्थ्य सुक्षा सामग्री नहुँदा स्वास्थ्यकर्मीले विरामी जाँच्दा समेत डराइरहेको अवस्थामा स्वास्थ्य सामग्री उपलब्ध हुँदा गाउँपालिकाले खुसी ब्यक्त गरेको छ । स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा स्वास्थ्यकर्मीहरु समेत त्रासीत भइरहेको बेलामा सुरक्षा सामग्री प्राप्त भएपछि आत्मबल बढेको गाउँपालिका अध्यक्ष कमान सिं मोक्ताले बताए । साथै अध्यक्ष मोक्तानले सामग्री उपलब्ध गराउने परियोजनालाई धन्यवाद ज्ञापन गरेका छन् ।