भारतको विशाखापटनममा भएको दुर्घटनामा कैयौँको मृत्यु

 बिहिबार, बैशाख २५, २०७७ | onlinenews

२५ वैशाख– भारतको आन्ध्र प्रदेश राज्यस्थित विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा कम्तीमा १३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र ३ सय भन्दा बढी मानिस अस्पतालमा भर्ना भएको बताइएको छ ।
प्रहरीले आसपासका इलाकाबाट सैयौँ मानिसलाई सुरक्षित स्थानमा लगिएको जनाएको छ । दुर्घटनाबाट प्रभावित धेरैले आँखा पोलेको र सास फेर्न गाह्रो भएको बताएका छन् ।
बीबीसीका अनुसार ८० जनाभन्दा बढीलाई भेन्टीलेटरमा राखिएको छ । चुहिएको ग्यास स्टाइरिन हो । यो ग्यास सामान्यत रेफ्रिजरेटरमा राख्ने गरिन्छ । कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै लगाइएको लकडाउनका कारण २४ मार्चपछि पहिलो पटक यो उद्योग खोलिएका बेला दुर्घटना भएको जनाइएको छ ।

प्रतिकृया

Add