लकडाउनले रोकिएको निर्माण कार्य पुनः सुरु

 बिहिबार, बैशाख २५, २०७७ | onlinenews
Share this

२५ वैशाख, रामेछाप– विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड १९) को महामारीसँगै देशमा लकडाउन घोषणा गरिएपछि स्थगित भएका निर्माण कामहरु पुनः सुचारु हुन थालेका छन् । यसैक्रममा लकडाउनसँगै काम स्थगित भएको दोरम्बा गाउँपालिका–४ पासिबनमा निर्माणाधिन विद्यालयको भवन निर्माण कार्य पुनः सुरु भएको छ ।
लकडाउनसँगै काम रोकिएको दोरम्बा गाउँपालिका–४ पासिबनमा रहेको सेतीदेवि आधारभूत विद्यालयको निर्माण कार्य पुनः सुरु भएको हो । विद्यालय भवन निर्माण कार्य चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने र वर्षाको समयमा काम गर्न नसकिने भएकाले जिल्ला प्रशासन कार्यालय रामेछापबाट अनुमति लिएर निर्माण कार्यलाई अगाडि बढाइएको दोरम्बा गाउँपालका–४ का सदस्य रोहित मगरले जानकारी दिए ।
यूनिसेफको आर्थिक सहयोगमा सो विद्यालय भवन यसै आर्थिक वर्षमा सम्पन्न गर्नेगरी चार कोठे भवन निर्माणको काम भइरहेको छ । २ करोड २८ लाखको लागत स्टिमेट अनुसार विद्यालयको भवन निर्माण भइरहेको छ । निर्माण कार्यमा सहभागि कामदारहरुले सामाजिक दुरी कायम गरेर काम गरिरहेको पनि वडा सदस्य मगरले जानकारी दिए ।

Share this

प्रतिकृया

Add