टिआई नेपालको अनुगमनपछि कामको गुणस्तरमा आयो सुधार

 शुक्रबार, बैशाख २६, २०७७ | onlinenews
Share this

२६ वैशाख, रामेछाप– २०७२ सालको भूकम्पबाट अतिप्रभावित जिल्लाहरु मध्य रामेछाप जिल्ला एक हो । वैशाख १२, १३ र २९ गतेको भूकम्पबाट रामेछाप जिल्लामा ४३ जनाको ज्यान गएको थियो । ५० हजारको हाराहारीमा निजी आवास पूर्णरुपमा क्षति भएको थियो । पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार विद्यालय ४ सय १९, सामुदायिक भवन १ सय ९८, पूर्वाधार संरचना ३८ र सिंचाई तथा साना लघु जलविद्युत आयोजनाहरु ७९ वटामा क्षति पुगेको थियो । त्यसैगरी १९ वटा सरकारी भवन र ५२ वटा स्वास्थ्य संस्थाहरुमा क्षति पुगेको थियो । त्यस्तै खानेपानी आयोजनाहरुमा पनि क्षति पुग्यो । भुकम्पले क्षति पुगेको खानेपानी आयोजनाहरु मध्य एक हो मन्थली नगरपालिका–१४ फुलासीमा रहेको एक्लेमाने खानेपानी आयोजना ।
भूकम्पले क्षति पु¥याएको सो खानेपानी आयोजना पुनर्निर्माण कार्यक्रम अन्तर्गत संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय मार्फत दुई आर्थिक वर्षमा सम्पन्न गर्नेगरी आर्थिक वर्ष २०७५÷७६ मा निर्माण सुरु भएको थियो । ट्रान्परेन्सी इन्टरनेशनल नेपाल जिल्ला कार्यालय रामेछापले “भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापना” कार्यक्रमको नियमित गतिविधि अन्तर्गत एक्लेमाने खानेपानी आयोजनाको पनि अनुगमन गरेको थियो । आफ्नो नियमित गतिविधि अन्तर्गत निर्माणाधिन खानेपानी आयोजनाको संरचना र निर्माणमा प्रयोग भएका निर्माण सामग्रीको गुणस्तर अध्ययन गर्ने उद्देश्यले संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयको इन्जिनीयर, वडाका जनप्रतिनिधि र स्थानीय उपभोक्ताहरुको सहभागितामा निर्माण कार्यको अनुगमन गरिएको थियो । साथमा टिआई नेपालले आफ्नो तर्फबाट कन्सल्टेन्ट इन्जिनीयर पनि लिएर गएको थियो । अनुगमनको क्रममा आयोजनाको बजेट, निर्माण सम्पन्न गर्नुपर्ने अवधि र निर्माण गर्नुपर्ने संरचनाहरुको बारेमा आपूmहरुलाई केही पनि जानकारी नभएको उपभोक्ता समितिका पदाधिकारीहरुले गुनासो गरेका थिए ।


त्यसैगरी अनुगमनको क्रममा स्टिमेट अनुसार निर्माण कार्य गुणस्तर नभएको, आयोजना अन्तर्गत निर्माण गरिने धाराको संख्याको बारेमा उपभोक्तालाई जानकारी नगराइएको, स्थानीय उपभोक्ता, सरोकारवालाबीच आयोजनाको बारेमा छलफल नभएको र आयोजनाको होङ्गिबोर्ड पनि नराखिएको पाइएको अनुगमन समितिले जानकारी दिएको थियो ।
टिआई नेपालको अगुवाइमा अनुगमन गरि आयोजनाको बारेमा सम्बन्धित निकायबाट आम उपभोक्तालाई विस्तृत जानकारी गराइएपछि उपभोक्ताले समेत निर्माणाधिन कामको बारेमा निगरानी बढाएका छन् । टिआई नेपालको अगुवाइमा गएको कार्तिक २१ गते अनुगमन गरिएको थियो । टिआई नेपालको अनुगमनपछि गुणस्तरहिन निर्माण कार्यलाई सुधार गरि गुणस्तरीय बनाएको पाइएको छ । अनुगमन लगत्तै सार्वजनिक भेला बोलाएर आयोजनाको बारेमा आम उपभोक्ताहरुलाई जानकारी गराइएको, र काम पनि स्टिमेट अनुसार नै भइरहेको सो खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष जित बहादुुर लामाले बताए ।
अनुगमनको क्रममा आयोजनाका बारेमा उपभोक्ता एवं स्थानीय जनप्रतिनिधिहरुले राख्नुपर्ने जानकारीहरु र उनीहरुका काम कर्तव्य र अधिकारका बारेमा समेत छलफल गरिएको थियो । सो छलफल पश्चात सचेत बनेका उपभोक्ताहरुले संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयबाट, आयोजनासँग सम्बन्धित कागजातहरु लिने, सबै उपभोक्ताहरु बसेर छलफल गर्ने, पूर्वाधारहरुमा भएको त्रुटिहरु सच्याउने, आयोजनाको विवरण उल्लेख गरि सूचना बोर्ड राख्ने आयोजना सम्पन्न पश्चात सामाजिक परीक्षण गर्ने जस्ता कुराहरुमा प्रतिवद्धता समेत जनाएका थिए । सोही अनुरुप अहिले काम भइरहेको उपभोक्ता समितिले जानकारी दिएको छ । पछिल्लो समय ट्रान्परेन्सी इन्टरनेशल नेपालले अनौपचारिक स्थलगत अध्ययन गर्दा अनुगमनपछि कामको गुणस्तरमा सुधार आएको र स्टिमेट अनुसार नै काम भइरहेको पाइएको टिआई नेपाल जिल्ला कार्यालय रामेछापको भनाई छ ।
टिआई नेपालको अनुगमन र छलफलपछि सबै उपभोक्ताहरु सचेत भएको र निर्माण कार्यमा पनि गुणस्तर कामय भएको उपभोक्ता समितिका अध्यक्ष जित बहादुर लामाले बताए । अनुगमनले आम उपभोक्तलाई सचेत गराउनुका साथै आयोजनामा हिनामिना हुन नपाएको उपभोक्ता समितिको भनाई छ । चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरि सञ्चालन भइरहेको निर्माण कार्य देशमा लकडाउन भएको कारण काम स्थगीत भएको अवस्था छ । अहिलेसम्म जतिकाम सम्पन्न भएका छन्, आयोजनाको स्टिमेट अनुसार गुणस्तरीय काम भएको छ । लापर्बाही रुपमा भइरहेको आयोजनाको कामलाई सुधार गरि गुणस्तरीयता कायम गराउन सकिएकोमा टिआई नेपालले यसलाई आफ्नो उपलब्धिको रुपमा लिएको छ ।

Share this

प्रतिकृया

Add