निर्माण ब्यवसायि र इन्जिनीयरको मिलेमतोमा नाला नबनाई सडक कालोपत्रे

 बुधबार, बैशाख ३१, २०७७ | onlinenews
Share this

३१ वैशाख, रामेछाप– मन्थली–गेलु सडक खण्डमा निर्माण ब्यवसायि र इन्जिनीयरको मिलेमतोमा सडकको नाला नै नबनाई सडक कालोपत्रे गरिएको छ । सडकको लम्बाई अनुसार नै नाला बनाउनु पर्ने प्राविधिक स्टिमेट भए पनि इन्जीनियर र ठेकेदार मिलेर नालाबिना नै सडक कालोपत्रे गरिएको हो ।
मन्थली नगरपालिकास्थित मन्थली–गेलु सडक खण्डमा नाला नै निर्माण नगरि कालोपत्रे गर्ने काम भइरहेको छ । प्राविधिक स्टिमेटमा नाला ६५ सेन्टिमिटर उचाई, ९० सेन्टिमिटर चौडाई, ४ इन्चको सोलिङ र ७५ एमएमको ढालान गर्नुपर्ने उल्लेख छ । तर नाला निर्माण नै नगरि सडक कालोपत्रे गरिएको छ ।


स्थानीयले सडक डिभीजन कार्यालय सिन्धुली, निर्माण ब्यवसायि र सरोकारवालासँग पटक–पटक छलफल गरि सडकको गुणस्तर सुधार गर्न सुझाव दिंदा पनि बेवास्ता गरिएको स्थानीय भुवन श्रेष्ठले बताए । सडकको कालोपत्रे समेत प्राविधिक स्ट्याण्डर अनुसार नभएको श्रेष्ठको भनाई छ । निर्माण ब्यवसायि, सडक डिभीजन कार्यायल, सिन्धुली र इन्जिनीयरको मिलेमतोमा गुणस्तरहिन काम भइरहेको समेत उनले आरोप लगाए ।
प्राविधिक स्टिमेट अनुसार काम गर्न पटक–पटक अनुरोध गर्दा समेत निर्माण ब्यवसायिले अटेर गरेको मन्थली नगरपालिका–११ का अध्यक्ष भिमबहादुर थापामगरले बताए । स्थानीय जनप्रतिनिधिको हैसियतले आपूmले पटक–पटक प्राविधिक स्टिमेट अनुसार काम गर्न सुझाव दिंदा पनि निर्माण ब्यवसायिले आपूmखुसी काम गरेको वडा अध्यक्ष मगरको भनाई छ । सडकको नालाको स्लोपमा माटोमाथि नै ढलान गरिएको छ ।


त्यतिमात्र हैन स्टिमेटमा सडकको लम्बाई अनुसार नै नाला निर्माण गर्नुपर्ने उल्लेख भए पनि निर्माण ब्यवसायिले भने नाला निर्माणको काम स्टिमेटमा नभएको भनि स्थानीयलाई झुक्याउदै आएका थिए ।
जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि समेतको अनुगमन टोलीलाई समेत निर्माण ब्यवसायि र इन्जिनीयरले सडकको नाला निर्माण गर्नुपर्ने स्टिमेटमा नरहेको भनि झुक्याउने कोसिस गरेका थिए । निर्माण ब्यवसायिसँग स्टिमेट माग्दा पनि नदिने र काम पनि आपूmखुसी गर्दै आएको स्थानीय जनप्रतिनिधिको भनाई छ ।
सो सडक हेर्ने जिम्मा पाएका इन्जिनीयर रामबहादुर बिकले भने कामदारलाई दोस लगाएर आपूm उम्कन खोजिरहेका छन् । आपूmले स्टिमेट अनुसार नै काम गर्न लगाएको भए पनि कामदारहरुले आपूmखुसी काम गरेको इन्जिीनियर बिकको आरोप छ । इन्जिनीयर बिकले स्टिमेट बाहेक कजवे र ग्याविन पर्खाल गाउनु परेकाले नाला निर्माणको लागि बजेट अपुग भएको भनि अनुगमन टोलीको आँखा छारो हाल्ने कोसिस गरेका थिए । तर इन्जिनीयर बिकले भनेजस्तो नभई ग्याविन पर्खाल र कजवे समेत स्टिमेटमै उल्लेख छ ।


स्थानीयबाट गुणस्तरहिन काम भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत सहितको टोली सडक अनुगमनमा गएको थियो । अनुगमनको क्रममा निर्माण ब्यवसायिले सडकको नाला निर्माणमा बदमासी गरेको पाइएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत रामप्रसाद भट्टराइले बताए । सडक निर्माणको काम इन्जिनीयरको प्रत्यक्ष निगरानीमा गराउनु पर्ने देखिएको पनि भट्टराईको भनाई छ ।
मन्थली–गेलु सडक खण्ड अन्तर्गत ३ किलोमिटर सडक कालोपत्रेको लागि ५ करोडको ठेक्का आह्वान गरिएकोमा २ करोड २५ लाख रुपैयाँमा जेएसजेभी रमन कन्स्ट्रकसनले ठेक्का पाएको थियो । १५ महिनामा काम सम्पन्न गर्ने गरि २०७१ सालमा सडक निर्माण कार्य सुरु गरिए पनि पटक–पटक समय थप गर्दा समेत काम सम्पन्न हुन सकेको छैन ।

Share this

प्रतिकृया

Add