कोरोना भाइरस विरुद्धको खोप नागरिकसम्म पु¥याउन साढे दुई वर्ष लाग्ने

 बुधबार, बैशाख ३१, २०७७ | onlinenews

३१ वैशाख, काठमाडौं– विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरुद्धको खोप विश्वभर पु¥याउन साढे दुई वर्ष समय लाग्न सक्ने बताएको छ । संगठनका कोभिड–१९ का लागि विशेष दूत डेविड नाबारोले विश्वभरको जनसंख्यालाई कोरोना भाइरसको खोप पु¥याउन साढे दुई वर्षको समय लाग्न सक्ने बताएका हुन् ।
जेनेभामा विश्व स्वास्थ्य संगठनको मुख्यालयमा पत्रकारसँग कुराकानी गर्दै उनले विश्वका विभिन्न मुलुकले कोरोना भाइरस विरुद्धको खोपको अनुसन्धान गरिरहेको तर, सुरक्षित र प्रभावशाली खोप विकास गर्नमा कम्तिमा १८ महिना लाग्ने भन्दै खोप विकास भएपछि सबै नागरिकको पहुँचमा पु¥याउन कम्तिमा साढे दुई वर्षको समय लाग्ने बताए ।
खोपको विकासपछि उत्पादकत्व बढाउन र त्यसलाई विश्वको झन्डै ७ सय ८० करोडभन्दा बढी जनसंख्याको पहुँचमा पु¥याउन सहज नहुने पनि उनको भनाई छ ।

प्रतिकृया

Add