कोरोनाको उच्च जोखिम क्षेत्रबाट आएका दुईजना क्वारेन्टाइनमा

 शुक्रबार, जेष्ठ २, २०७७ | onlinenews
Share this

२ जेठ, रामेछाप– कोरोना संक्रमणको उच्च जोखिम क्षेत्रमा पर्ने सर्लाहीबाट रामेछाप आएका दुई जनालाई मन्थलीस्थित क्वारेन्टाइनमा राखिएको छ ।
मन्थली नगरपालिका–४ सालुका दुई जना ब्यक्ति बुधबार रामेछाप आएका थिए । लकडाउन सुरु हुनु केही समय अधिदेखि सर्लाही बस्दै आएका उनीहरु बुधबार रामेछाप आएका हुन् । दिउसो करिब तीन बजेको समयमा रामेछापको सेलेघाट आइपुगेका उनीहरुलाई सेलेघाटका प्रहरीले केही समय त्यही रोेकेका थिए ।
बुधबार साँझ उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरि मन्थली नगरपालिका वडा नम्बर ४ लाई जिम्मा लगाएर घर पठाइएको थियो । तर गाउँमा पुगेपछि उनीहरु पानी पँधेरोमा जने, बजार निस्किने र छीमेकीसँग भेटघाट गरेपछि शुक्रबार उनीहरुलाई मन्थलीस्थित क्वारेन्टाइनमा ल्याएर राखिएको मन्थली नगरपालिकाले जनाएको छ ।
कोरोनाको उच्चजोखिम क्षेत्रबाट आएका तीन ब्यक्तिहरुलाई होम क्वारेन्टाइनमा राख्ने भनिए पनि उनीहरु होम क्वारेन्टाइनमा नबसी आपूmखुसी बाहिर हिडडुल गर्ने र छीमेकीसँग समेत भेटघाट गर्दा सिंगो गाउँनै आतंकीत भएपछि उनीहरुलाई नगरपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएको हो ।

Share this

प्रतिकृया

Add