मेरो देश

 शनिबार, जेष्ठ ३, २०७७ | onlinenews

सन्तोष ढुङ्गेल


देश जलेको बेला, मेरो मन पोलेको थियो ।
सिमा ढलेको बेला, मेरो छाती चस्केको थियो
स्वाभिमान र स्वाधिनता बेचिएको बेला
सिङ्गो शरिर बलेको थियो ।
तर, किन सोचेनौ देश जलाउनेले
किन बुझेनौ सिमा ढलाउनेले
आफ्नो अस्मिता खोसिदा, आफ्नो अस्मिता लुटिदा
निकम्मा तिम्रो क्षणिक स्वर्थले,

तीन कोटी जनता टुहुरा छन् ।
राष्ट्रियता गुमेकोमा,अस्मिता र स्वाधिनता मरेकोमा
वागमती जस्तै राजनीति छ यहाँ
न सङ्लीन्छ न फेरिन्छ
त्यसैले होला दक्षिणी हावा तातो बहेको छ,
त्यसैको रापले सुस्ता सुक्दै छ, सुघौली मौलाउदै
मेची साघुरिदै, काली, गण्डकी चिच्याउदै
र कोशीले विनाश गर्दैछन्

कर्णाली कराउदै, हुम्ला जुम्लालाई बोलाउदै छ
संकटको साँचोमा सोइसल्ला खेल्दै
हुटिट्याउको नाच देखाउदै छन्
काकाकुको गीत गाउदै छन्
त्यसैले, हेर्छु देश जलेको छ, सीमा ढलेको छ
म को हुँ कहा छु भन्न थालेको छु

प्रतिकृया

Add