अस्पतालमा मृत्यु भएकी महिलाको स्वाव परीक्षणको रिपोर्ट कोरोना पोजेटिभ

 शनिबार, जेष्ठ ३, २०७७ | onlinenews
Share this

३ जेठ, काठमाडौं– सुत्केरी महिलाको मृत्युको विषयलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गर्ने भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी एक सुत्केसी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड–१९) का कारण भए नभएको मन्त्रालयले अध्ययन गर्ने भएको हो ।
२९ वर्षीय सुत्करीको अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको थियो । २३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा सामान्य अवस्थामा बच्चा जन्माएर उनी २५ गते घर फर्किएकी थिइन् ।
ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी ती महिलाको मृत्यु भएपछि कोरोनाको कारण हो या अन्य रोगले मृत्यु भएको हो भन्ने बारेमा मन्त्रालयले अध्ययन गर्ने भएको हो ।
अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । तर मन्त्रालयले कोभिड–१९ का कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको बताएको छ ।

Share this

प्रतिकृया

Add