नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
३ जेठ, रामेछाप–जननेता मदन भण्डारी रहस्यमय दुर्घटनामा परेर मृत्यु भएको २७ वर्ष भएको छ । मदन भण्डारी दुर्घटनामा पर्नु अचानक थियो वा नियोजित भन्ने विषयम अहिले पनि गर्र्भमै छ । दासढुङ्गा काण्डलाई धेरैले दुर्घटना नभए र हत्याकाण्ड थियो भनिरहेका छन् । तर, बास्तविकता के हो आज २७ वर्ष पुग्दा पनि सार्वजनिक हुन सकेको छैन ।
दासशढुङ्गाको घटना घटेको दिन मदन भण्डारीको रामेछाप जिल्लामा आउने कार्यतालिका बनेको नेकपाको केन्द्रीय सदस्य देवशंकर पौडेलले बताए । त्यसदिन मदन भण्डारी रामेछाप जिल्लामा आउने कार्यतालिका सार्वजनिक नगरिए पनि तत्काली रामेछापका प्रमुख जिल्ला अधिकारीले मदन भण्डारी रामेछाप आउने कार्यतालिकाको बारेमा नेता पौडेललाई जानकारी दिएका थिए ।
संसदीय समितिले नेता भण्डारी रामेछाप आउने कार्यतालिका बनाएको थियो । तर पोखरामा पार्टीको महत्वपूर्ण काम परेकाले भण्डारी रामेछाप नआएर पोखरा गएका थिए । पोखरामा पार्टीको कार्यक्रम सकाएर चितवनको कार्यक्रममा जाने क्रममा भण्डारी दुर्घटनामा परेका थिए ।
पोखराबाट फर्कदा भण्डारीसँग जिवराज आश्रितसँगै ऋषि कट्टेल पनि थिए । ऋषि कट्टेल गोरखा जार्नुपर्ने भएकाले आबुखैरेनीमा ओर्लिएका थिए । दासढुङ्गामा दुर्घटना हुँदा चालक सहित तीन जना थिए, नेकपा नेता पौडेलले भने ।
२०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय दुर्घटनामा परी एमालेका तत्कालिन महासचिव समेत रहेका मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।
रहस्यमय दुर्घटनामा भण्डारीको मृत्यु भएपछि उनको अस्तुलाई देशब्यापी रुपमा पु¥याइएको थियो । त्यसैक्रममा रामेछाप जिल्लामा पनि तत्कालीन जिल्लाको संरचना अनुसार ५५ वटा गाविसहरुमा भण्डारीको अस्तु राखेर कुनै ठाउँमा चौतारो निर्माण गर्ने र कुनै ठाउँमा रुख रोप्ने काम भएको नेता देवशंकर पौडेलले बताए ।
त्यसबेला रामेछापका नेता पौडलले आर्यघाटबाट माटोको दुई वटा कलसमा भण्डारीको अस्तु लिएर आएका थिए । र त्यो अस्तु जिल्ला अन्तर्गतका सबै गाविसका पार्टी कमिटीलाई उनलै वितरण गरेका थिए ।
त्यसमध्य तत्काली रस्नालु पार्टी कमिटीले रस्नालुको बुर्केमा ढुङ्गामा मदन भण्डारी र जिवराज आश्रितको शालिक कुँदेर लामा पढाएर अस्तु राखिएको तत्कालन नेकपा एमाले रस्नालु गाउँ कमिटीका सचिव तथा हाल गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग सुनुवारले जानकारी दिए । रस्नालुमा प्रत्येक वर्ष भण्डारी र आश्रितको सम्झनामा श्रद्धाञ्जली ब्यक्त गर्ने गरिएको अध्यक्ष सुनुवारले बताए ।
त्यसैगरी सैपुको झाँक्री नाँच्ने डाँडामा बडहरको रुख रोेपेर अस्तु राखिएको र गागलभदौरेमा पनि बडहरको रुप रोप भण्डारीको अस्तु राखिएको पौडेलले जानकारी दिए । त्यस्तै जिल्लाका ५५ वटै गाविसहरुमा अस्तु राखिएको थियो ।