विश्वभर कोरोनाबाट मुत्यु हुने नेपालीको संख्या ९६

 आइतवार, जेष्ठ ४, २०७७ | onlinenews

४ जेठ– महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर मृत्यु हुने नेपालीको संख्या ९६ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अनुसार शनिबार साँझसम्म विश्भर कोरोनाको कारण मृत्यु हुने नेपालीको संख्या ९६ पुगेको हो ।
सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीहरुको संख्या १५ पुगेको छ ।
संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु छ । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् ।

प्रतिकृया

Add