खाडाँदेवि गाउँपालिकाको धारापानी टोल सिल

 बुधबार, जेष्ठ ७, २०७७ | onlinenews

गम्भीर वि.क.


७ जेठ, रामेछाप– खाँडादेवि गाउँपालिका–१ अन्तर्गत धारापानी टोलका एक जना ब्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि संक्रमितको घर आसपासको क्षेत्रलाई सिल गरिनुका साथै उनका परिवारलार्ई क्वारेन्टाइनमा राखिएको छ ।
साथै संक्रमितको आफन्तहरु १५ जनाको स्वाव संकलन गरि परीक्षणको लागि जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । स्वावको रिपोर्ट नआउनजेलको लागि त्यस क्षेत्रमा मानिसलाई बाहिर निस्कन रोक लगाएको खाँडादेवि गाउँपालिका–१ का अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गरि सिल गरिएको आसपासको क्षेत्रमा एम्बुलेन्स बाहेका सबै खालका सवारी साधन आवतजावतमा प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।
त्यस क्षेत्रमा आउनसक्ने जुनसकै अवस्थाको ब्यवस्थापनमा आवश्यक पर्ने सहयोग गरिदिन पनि जिल्ला प्रशासन कार्यालय रामेछापले सम्बन्धित गाउँपालिकासँग अनुरोध गरेको छ ।
खाँडादेवि गाउँपालिकाको धारापनी घर भएका २३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं बस्दै आएका उनी वैशाख १४ गते गाउँ आएका थिए । दुई हप्ता भन्दा बढी गाउँमा बसी वैशाख ३० गते काठमाडौं फर्किएका उनमा कोरोना संक्रम पुष्टि भएपछि घर आसपलको क्षेत्रलाई सिल गरेर सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन स्थानीयलाई अनुरोध गरिएको छ । खाद्य बस्तु खरिद तथा अत्यावश्यक सेवा लिदा सामाजिक दुरी कामय गर्न र भिडभाड जमघट नगर्न÷नगराउन, स्थानीय सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजमा जिल्ला प्रशासन कार्यालय रामेछापले अनुरोध समेत गरेको छ ।
जिल्लाको नाकाहरुमा निगरी बढाउने, आवतजावतमा रोक लगाउने र लकडाउनलाई प्रभाविकारी रुपमा कार्यान्वयन गर्नको लागि सुरक्षाकर्मीहरु प्रभावकारी रुपमा परिचालन गर्ने पनि जिल्ला प्रशासन कार्यालय रामेछापमा बुधबार बसेको बैठकले निर्णय गरेको छ ।

प्रतिकृया

Add