अपाँगता भएका व्यक्तिहरुको सर्वेक्षण सार्वजनिक

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

चैत्र ७, जलेश्वर,् । नेपाल नेत्रहीन संघ, नेत्रहीन पुनस्र्थापन कार्यक्रम महोत्तरीले आईतबार एक समारोहकाबीच महोत्तरी जिल्लामा अपाँगता भएका व्यक्तिहरुको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । सदरमुकाम जलेश्वरको जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा महोत्तरी जिल्लामा कुल जनसंख्याको करिब दुई प्रतिशत अपाँगता रहेको जानकारी दिइएको थियो । अपाँगता भएका व्यक्तिहरुको अवस्था विश्लेषणबारे धारणा राख्नुहुदै महेश्वर घिमिरेले सबभन्दा बढी जिल्लामा शारीरिक अपाँगता भएका व्यक्तिहरु रहेको जानकारी दिए । उनले अपाँगता भएका व्यक्तिहरु मध्ये ३१.७२ प्रतिशत अर्थात ३ हजार २ सय २५ पच्चीस व्यक्ति शारीरिक अपाँगता, दृष्टिविहिन अपाँग २४.८६ अर्थात २ हजार ५ सय २७, सुस्त श्रवण अपाँग ११.६१ अर्थात १ हजार १ सय ८० रहेको बताए । त्यसैगरी ७.४० प्रतिशत अर्थात ७ सय ५२ मानसिक अपाँगता, ६.६४ बहु अपाँगता रहेको जानकारी दिँदै घिमिरेले भन्नुभयो, ‘जिल्लाको जनसंख्यामा पुरुष भन्दा महिलाको संख्या बढी भएपनि अपाँगताको क्षेत्रमा पुरुष भन्दा महिलाको संख्या कम रहेको देखिएको छ ।’ जिल्लाको जलेश्वर, बर्दिबास, गौशाला गरी तिन नगरपालिका र अन्य ६६ वटा गाविसमा गरी १ लाख १४ हजार ७ सय ९० घरघुरीमा गरिएको सर्वेक्षणबाट यो नतिजा प्राप्त भएको जानकारी दिँदै घिमिरेले सर्वेक्षणमा कुल जनसंख्या मध्ये १८ हजार ९ सय २४ जना अपाँगता भएका व्यक्तिहरुको पहिचान भएको जानकारी दिए ।

प्रतिकृया

Add