गाउँपालिका अध्यक्षद्धारा ज्येष्ठ नागरिकमाथि कुटपिट

 शुक्रबार, जेष्ठ ९, २०७७ | onlinenews
Share this

९ जेठ, रामेछाप– लिखुतामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले ज्येष्ठ नागरिकलाई कुटपिट गरेका छन् । सडकको विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष खड्काले आफ्नै काका ६७ वर्षिय जुद्धबहादुर खड्कामाथि कुटपिट गरेका हुन् ।
जुद्धबहादुरको घर जाने सडकमा गाउँपालिका अध्यक्ष खड्काले जोतेर मकै छरेपछि सडकको विषयमा विवाद भएको थियो ।
दुई वर्ष पहिले गाउँपाका अध्यक्ष खड्काले आफ्नो घडेरी खार्ने क्रममा जुद्धबहादुरको घर जाने पुस्तौंदेखिको गोरेटो बाटो समेत खारिएको र साविकको बाटो मेटिएपछि अध्यक्ष खड्काले आफ्नै जग्गाबाट जुद्धबहादुरको घर जाने सडक निर्माण गरिदिएका थिए ।
जुद्धबहादुरले दुई वर्षसम्म सोही सडक प्रयोग समेत गरे । तर दुई वर्षदेखि कायम गरिएको सडकमा यस वर्ष विना सल्लाह खनजोत गरि मकै छरेर सडक बन्द गरिदिएपछि बाटो बन्द भयो, हामी कहाँबाट हिड्ने भन्दा गाउँपालिका अध्यक्ष खड्काको भाइले कुलोबाट हिड्नु भन्ने जवाफ दिएको जुद्धबहादुरले बताए ।
अध्यक्षक खड्काको भाइले कुलोबाट हिड्नु भनेपछि अध्यक्ष खड्कासँग सल्लाह गर्न जाँदा मेरो बारीबाट बाटो दिन्न भनि आफूलाई कुटपिट गरेको जुद्धबहादुरले गुनासो गरे । अध्यक्षले पनि कि कुलोबाट हिड कि पाखाबाट हिड, मेरो जग्गाबाट बाटो पाउँदैन भनेपछि, म बुढो मान्छे पाखाबाट हिड्न सक्दिन, कुलो पूरेर हिड्छु, कुलो अर्को बनाइदेउ, कि बाटो देउ भन्दा आपूmलाई कुटपिट गर्नुका साथै तेरो जग्गा सबै सरकारीकरण गरिदिन्छु भनि धम्की समेत दिएकोे जुद्धबहादुरको गुनासो छ ।

म स्थानीय सरकार प्रमुख हुँ । मैले जेगरेनी हुन्छ, कानून भन्दामाथि छु, सबै मेरो हातमा छ तेरो छोराको जागिर समेत खाइदिन सक्छु भन्दै अपशब्दले गालीबेइजती गर्दै आपूmमाथि आइलागेको पीडित जुद्धबहादुरले दुःखेको पोखे ।

यस विषयमा बुझ्दा गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले भने आपूmले कसैलाई पनि कुटपिट नगरेको बतएका छन् । मैले आपूm भन्दा जेठो मानिसलाई कहिल्यै कुटेको छैन र कुट्दिन पनि गाउँपालिका अध्यक्ष खड्काले भने ।

Share this

प्रतिकृया

Add