उद्योग बन्द भएपछि मजदुरको रोजगारी गुम्दै

 सोमवार, जेष्ठ १२, २०७७ | onlinenews

सन्तोष ढुङ्गेल


१२ जेठ, झापा– विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को कारण झापाको कमल गाउँपालिकामा रहेको हाइजन प्याक्स नेपाल प्रा.लि. बन्द भएको छ ।
कच्चापदार्थ आयत गर्न र उत्पादनपछि बजारसम्म पु¥याउन असहज भएका कारण उद्योग बन्द गर्नु परेको उद्योगका प्रबन्धक शाहिल अग्रवालले बताए ।
२०७५ सालमा स्थापना भएको सो उद्योगबाट जुस, कोल्ड ड्रिङ्स, सोडा लगायतको खाद्य बस्तुहरु उत्पादन गरिदै आएको थियो । हाल आएर उत्पादीत बस्तु बजारसम्म पु¥याउन र कच्चापदार्थ आयतमा समस्या भएपछि उद्योग बन्द गर्नु परेको अग्रवालले हाम्रो अनलाइन न्यूजलाइ जानकारी दिए ।


उद्योग बन्द भएसँगै उद्योगभित्र काम गर्ने तथा बजार प्रतिनिधि गरि १ सय २५ जना मजदुरको रोजगारी गुम्ने अबस्थामा पुगेको छ । अहिलेसम्म सम्पूर्ण मजदुरलाई आंसिक खर्च दिएर राखेको भए पनि अबको दिनमा कम्पनीले धान्न सक्ने अवस्था नरहेको पनि कम्पनीले जनाएको छ ।
सरकारले बैंकको ब्याज लगायत अन्य राजस्व लगायतको शिर्षकमा केही राहतको प्याकेज ल्याएर सहुलियत दरमा बैंकको ऋणको ब्यबस्था र बजारसम्म पु¥याउने वातावरण मिलाइदिए उद्योग सञ्चालन गर्न सकिने सोही कम्पनीका बागमती अञ्चलका आधिकारिक बिक्रेता एवं किजान्सी फूड इन्टरनेसनलका प्रोपाइटर किरण कार्कीको भनाई छ ।
बजारमा माग बढेको बेला उत्पादन गर्न असहज भएर उद्योग बन्द गर्नु परेको कार्कीको भनाई छ ।

प्रतिकृया

Add