कोरोना जोखिम सकिएलगत्तै देशदर्शन कार्यक्रम सञ्चालन गरिने

 बिहिबार, जेष्ठ १५, २०७७ | onlinenews

१५ जेठ, काठमाडौं– आन्तरिक पर्यटन प्रवर्दन तथा उद्योगको रक्षा गर्न सरकारले देश दर्शन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
निजामती कर्मचारी, संगठित संस्थाका कर्मचारीलाई देश दर्शनका लागि पठाइने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
अर्थमन्त्री खतिवडाका अनुसार कोरोना जोखिम सकिएलगत्तै देशदर्शन कार्यक्रम सञ्चालन हुनेछ । हवाई सेवा, होटेल, होटेल, ट्रेकिङ, ट्राभललगायत कम्पनीलाई विविध शूल्क र ब्याजमा अनुदान दिने घोषणा समेत अर्थमन्त्रीले गरेका छन् ।
रारा तालको गुरुयोजना बनाउने तथा पर्यटकीय पूर्वाधार निर्माणलाई निरन्तरता दिने अर्थमनत्री खतिवडाले उल्लेख गरे ।
सरकारले माध्यामिक स्तरभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषयलाई समावेश गर्ने समेत घोषणा गरेको छ ।

प्रतिकृया

Add