आफ्नो भोगचलन रहेको ठाउँमा घर बनाउन पाउँनुपर्ने भूमिहीन भूकम्प प्रभावितको माग

 सोमवार, चैत्र ७, २०७३ | onlinenews
Share this

चैत्र ७, रामेछाप ।
रामेछाप जिल्लाको भूमिहित भूकम्प प्रभावितहरुले आफू बस्दै आएको ठाउँमै घर बनाउन पाउँनु पर्ने माग राखेका छन् । आफ्नो नाममा जग्दा दर्ता नभएका भूमिहीन र जग्गा भए पनि घर निर्माणको लागि योग्य जमिन नभएका भूकम्प प्रभावितहरुले हाल आपूmले उपभोग गर्दै आएको सार्वजनिक जग्गामा घर बनाएर बस्न पाउँनुपर्ने माग गरेका हुन् ।
नेपाल सरकारले जग्गा नभएका भूमिहीन भूकम्प प्रभावितहरुलाई पनि घर निर्माणको लागि तीन लाख रुपैयाँ अनुदान दिने निर्णय गरेपछि भूमिहिन भूकम्प प्रभावितहरुले आपूmले उपभोग गर्दै अएको जमिनमै घर बनार बस्न पाउँनुपर्ने माग गरेका हुन् ।
रामेछापको तामाकोसी र सुनकोसी नदिको किनारका अधिकांस माझी समुदाय सार्वजनिक जग्गामा बस्दै आएका छन् । माझी समुदाय परापूर्वकालदेखि कोसी किरानामा बस्दै आएकाले त्यही घर बनाएर बस्न पाउँनुपर्ने रामेछापक भटौलीका श्रीबहादुर माझीले बताए ।
त्यस्तै लिखु खोलाको किनारका माझी समुदाय साथै रामपुर र हिमगंगा गाविसका केही स्थानका सार्वजनिक जग्गामा भूमिहीन ब्यक्तिले घर बनाएर बस्दै आएका छन् । उनीहरुको नाममा जग्गा नभएको कारण भूकम्प प्रभावितको लाभग्राही सूचीमा समेत नाम दर्ता हुन सकेको छैन् ।
आइतबार सदरमुका मन्थलीमा भूमि अधिकार मञ्चले आयोजना गरेको भूकम्प प्रभावित क्षेत्रका भूमि समस्या र समाधान विषय अन्तक्रिया कार्यममा भूमिहीनहरुले यस्तो माग गरेका हुन् ।

Share this

प्रतिकृया

Add