मेगा ड्रीमद्धारा फोटोपत्रकारलाई प्रेस ज्याकेट सहयोग

 बिहिबार, जेष्ठ १५, २०७७ | onlinenews
Share this

१५ जेठ, रामेछाप–मेगा ड्रील बहुउद्देश्यीय सहकारी संस्थाले नेपाल फोटो पत्रकार महासंघलाई प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ ।
सोमबार हकारी संस्थाका प्रवन्ध सञ्चालक महाशंकर रेग्मीले महासंघ केन्द्रिय अध्यक्ष ध्रुब आलेलाई एक सय थाना प्रेस ज्याकेट हस्तान्तरण गरेका हुन् । एक अनौपचारिक कार्यक्रमकाबीच ज्याकेट हस्तान्तरण गरिएको हो । ज्याकेट हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रिय महासचिव हरिप्रसाद रेग्मी र काठमाडांैै शाखाका सचिव किरण पन्थ उपस्थित थिए ।
कोरोनाको जोखिममा फिल्डमा रिपोर्टिङ गर्दा फोटोपत्रकारलाई अत्यावश्यक रहेकाले प्रेस ज्याकेट सहयोग गरिएको सहकारीले जनाएको छ । पछिल्लो समयमा विभिन्न संघसंस्थाहरुले प्रदान गरेको प्रेस ज्याकेट, मास्क र स्यानिटाइजर महासंघले विभिन्न जिल्लामा कार्यरत फोटोपत्रकारलाई उपलब्ध गराउदै आइरहेकोछ ।

Share this

प्रतिकृया

Add