माफ गर्नु होला गणतन्त्र, यसपाली तिमीलाई शुभकामना दिन सकिएन

 शुक्रबार, जेष्ठ १६, २०७७ | onlinenews

सर्बसाधारण किसान मजदुर गरीब निमुखा नेपाली जनताको मुटुमा फुल्न नसकेको
गणतन्त्रलाई कसरी शुभ–कामना दिन सकुँ म ।
उत्पीडित उपेक्षित पीछडिएका जनताको झुपडी र बस्तीहरुमा झुल्किन नसकेको गणतन्त्रलाई कसरी शुभ कामना दिन सकुँ म ।

त्यहि जनता को त्याग बलिदान र आन्दोलन को बल मा स्थापित गणतन्त्र लाई फेरि उपेक्षा पनि कसरी गर्न सकुँ म ।

१७ बर्ष कि निर्मला जस्ति नेपाली चेलीहरुले आफ्नो अस्मिता जोगाउनु नसकी मारिनुर मरिनु पर्ने अनी त्यहि बलत्कारी हत्यारा लाई जोगाउन तिर लाग्ने गणतन्त्र लाई कुन शब्दले शुभ–कामना दिन सकुँ म ।

२१ औ शताब्दी को यो युग मा पनि छुवा छुत भेद भाब र जातिय बिभेदको नाममा दलित भएकै कारण कयौ नबराज हरु ले जिबन गुमाउनु पर्ने गणतन्त्र लाई कुन शब्द ले शुभ–कामना दिन सकुँ म ।

१७ औ हजार निर्दोश नागरिक लाई बली चढाइ, लाखौंलाई अंगभंग बनाई, अरबौ खरबौका भौतिक क्षति गराइ स्थापित महान उपलब्धि मानेका गणतन्त्र लाई उपेक्षा पनि गर्न कसरी सकुँ म ।

भ्रस्टचारी अत्याचारी कमिशन खोरी कालोबजारी तस्कर माफियाको मात्र जय जयकार गर्ने गणतन्त्रलाई कसरी शुभ–कामना दिन सकुँ म ।

देशको सिमा रक्षाको सवाल त कता हो कता
सिंहदरबार र बालुवाटारको सरकारी जग्गा समेत जोगाउन नसक्ने गणतन्त्रलाई कुन शब्द ले शुभ–कामना दिन सकुँ म ।

फेरी पनि कोही १४ बर्ष कोही ९ बर्ष जेल बसेका कोही १० औ बर्ष जनयुद्दका कमाण्डर बनेका त्यहि नेता देशका शासक भएको गणतन्त्रलाई कसरी उपेक्षा गर्न सकुँ म ।

रोगले भोकले शोकले जनता मरिएका छन मारिएका छन, यो त देख्दै नदेख्ने, देख्नै न चाहने गणतन्त्रलाई कसरी शुभ–कामना दिन सकुँ म ।

नेपाल आमा माथि दिन दहादै बलत्कार भै रहेका छन
नेपाल आमाको छाती बिदेशीहरुको क्रिडास्थल बनाइएको छ
आफ्नो आमाको स्वतन्त्र अस्मिता र अस्तित्व लीलाम गर्ने गणतन्त्र लाई कुन शब्द ले शुभ कामना दिन सकुँ म ।

त्यहि बिदेशीको षड्यन्त्र, डिजाइन र इन्टेरेस्ट मा महान नेपाली जनताले साथ दिएर स्थापित भएको गणतन्त्रलाई उपेक्षा पनि त कसरी गर्न सकुँ म ।
जय होस जय मातृभूमी
जय नेपाल

प्रतिकृया

Add