सयौं चमेराहरु मर्दै जनिमनमा झरेपछि ल्याबमा परीक्षण गरिदै

 आइतवार, जेष्ठ १८, २०७७ | onlinenews

१८ जेठ, रामेछाप– भारतको मध्य प्रदेशको सिंगरौली जिल्लामा अचानक सयौँ चमेरा मरेपछि परीक्षणको लागि ल्यावमा लगिएको छ । चमेरा एकाकए मरेपछि त्यस क्षेत्रका मानिसहरुमा आतंक फैलिएको छ । त्यहाँका स्थानीयले कुनै अर्कोे भाइरसका कारण चमेरा मरेको हुनसक्ने भन्दै अनुसन्धानको माग गरेका छन् । घटनाको जानकारी पाएपछि पशु तथा वन विभागको टोली घटनास्थल पुगेर अनुसन्धान गर्न थालेको बताइएको छ । परीक्षणका लागि स्पाम्पल भोपाल पठाइएको छ ।
मरेका चमेरालाई गाउँलेहरुले खाडल खनेर गाडेका छन् । यसअघि मध्य प्रदेशको छिमेकी राज्यमा पनि सयौँ चमेरा मरेका थिए । ल्याव परीक्षणपछि मात्रै चमेरा मर्नुको कारण पत्ता लाग्ने पशु चिकित्सकहरुले बताएका छन् ।

प्रतिकृया

Add