हास्य कलाकार निर्मल शर्माले खुवाए २०१ जना सडक मजदुरलाई खाना

 आइतवार, जेष्ठ २५, २०७७ | onlinenews
Share this

२५ जेठ, काठमाडौं– लोकप्रिय हास्य कलाकार (गैडा) उपनामले चिनिने निर्मल शर्माले काठमाडौं, भक्तपुर, ललितपुर लगायतका विभिन्न सडक पेटी, पुलको साहरा लिएर बसेका तथा खुल्ला आकाशमुनी रातदिन काट्दै आएका २ यस १ जना सडक मजदुरलाई आइतबार खाना खुवाएका छन् ।
गत चैत्र २९ गतेदेखि ती सडक मजदुरहरुलाई दैनिक एकछाक खाना खुवाउँदै आएका रामेछापका प्रदिप घिमिरे मार्फत कलाकार शर्माले आइतबारको लागि २ सय १ जना मजदुरलाई खाना खुवाउन लाग्ने सम्पूर्ण खर्च दिएर सहयोग गरेका हुन् ।
भोकभोकै परेका मजदुर तथा सडक मानवहरुलाई खाना खुवाउने कार्यलाई साथ दिंदै कलाकार शर्माले सहयोग गरेकोमा युवा समाजसेवि प्रदिप घिमिरेले खुसी ब्यक्त गरे ।
सडक मजदुरलाई खाना खुवाउन सहयोग गरेर, लोकप्रिय कलाकार निर्मल शर्मा ज्यूले कोरोनाभाइरसको कारण मजदुरी खोसिएर भोकै पर्नुभएका मजदुरहरुलाई खाना खुवाउने हाम्रो अभियानमा सहयोग गर्नुभएको छ, यसमा म एकदमै खुसी भएको छु घिमिरेले भने । म लोकप्रिय कलाकार दाजु निर्मल शर्माप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु प्रदिपले भने ।
कलाकार निर्मल शर्मा लगायत थुप्रै सहयोगि मनहरुले आफ्नो अभियानमा साथ र सहयोग दिइरहेको बताउदै, सहयोगदाताहरुले दिएको साथ र सहयोगले आपूmलाई अझै उत्साहित बनाएको पनि घिमिरेले बताए ।

Share this

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • प्रदिप घिमिरे "अमूल्य" Pradip G. Amulya

    #_धन्यवाद_ #Happy_Marriage_Anniversary_बुबा_नयन_सिंह_गरूङज्यू_एवम_आमा_मनु_गुरूङज्यूज्ञापन_गर्दछु । हजुरले हाम्राे सेवा कार्यमा साथ दिनुभयाे र त्यसैगरी हाम्राे याे सेवा कार्यलाई प्रस्तुत गरिदिनुभएकाेमा आदरणीय दाजु सुमित श्रेष्ठज्यू एवम् हाम्राे अनलाइन न्यूज डटकमकाे सम्पूर्ण परिवारजनमा शुख, शान्ति, समृद्दि, शुस्वास्थ्य, दिर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु। सेवा नै धर्म हाे । आफू पनि बाँचाै । याे महामारीमा अरूलाइ पनि बचाआैं ।
    ……………………..
    प्रदिप घिमिरे अमूल्य
    Pradip G. Amulya
    सम्पर्क नं. ९८४११४१४६८