फोटो पत्रकार समूह रामेछाप देशकै उत्कृष्ट
शनिबार, कार्तिक २४, २०८१
५ असार, रामेछाप– सुनापति गाउँपालिकाले रक्सी खानको लागि लाइसेन्स लिनुपर्ने कानून बनाएको छ । गाउँपालिकाभित्र सञ्चालन हुने भट्टी पसल र रक्सी खाने ब्यक्ति दुवैले गाउँपालिकाबाट लाइसेन्स लिनुपर्ने कानून बनाइएको सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले बताए
मदिरा सेवन गरि अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्नेजस्ता गतिविधिहरुलाई न्यूनिकरण गर्नको लागि मदिरा सेवन गर्नको लागि गाउँपालिकाबाट लाइसेन्स लिनुपर्ने कानून बनाएको गाउँपालिकाले जनाएको छ ।
मदिरा सेवनको लागि गाउँपालिकाबाट प्रमाण–पत्र लिनुपर्ने, मदिरा सेवन गरि होहल्ला र झैझगडा गर्न नपाइने, मदिरा सेवन गरि अनावश्यक होहल्ला वा झगडा गरेमा पहिलो पटक मदिरा सेवन गर्ने अनुमति पत्रमा एउटा प्वाल पार्ने, दोश्रो पटक दोहोरिएमा दुई वटा प्वाल पार्ने र तेश्रो पटक पनि दोहोरिएमा रक्सी खाने प्रमाणपत्र नै खारेज हुने गाउँपालिका अध्यक्ष लामाले बताए ।
मदिरा बिक्री गर्ने पसलहरुले गाउँपालिकाबाट लाइसेन्स लिए पनि मदिरा सेवन गर्ने ब्यक्तिहरु भने लाइसेन्सको लागि नआएको गाउँपालिका अध्यक्ष लामाले बताए । मदिरा सेवन गर्नको लागि लाइसेन्स लिनुपर्ने ब्यवस्था गाउँपालिकाले गरेपछि मदिरा सेवन गर्नेहरुको संख्या घटेको गाउँपालिकाको भनाई छ ।
रक्सी खानको लागि गाउँपालिकाबाट लाइसेन्स लिनुपर्ने भएपछि लाइसेन्स नलिने बरु रक्सी खान नै छोड्ने गरेको सुनापाति गाउँपालिकाले जनाएको छ ।