४ करोडमा निर्माण भएको सडक ४ महिना पनि टिकेन

कजवेको ढलानमा प्रयोग गरिएको रड ठडियो सडकमै

 सोमवार, असार ८, २०७७ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


८ असार, रामेछाप– सदरमुकाम मन्थली बजारको देवकोटा चोकबाट जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्क जोड्ने सडक कालोपत्रे भएर गाडी गुडेको चार महिनामै दुई पटक भत्किइसकेको छ ।
देवकोटा चोकबाट बसपार्कसम्म १ हजार ८ सय मिटर सडक कालोपत्रे गरि गत फागुनबाट एकतर्फी गाडी सञ्चालन गरिएको थियो । लकडाउनको कारण गाडीहरु खासै गुडेका छैन् तर कालोपत्रे उप्किएर मर्मत गरिएर पनि पुनः भत्किएको छ ।


मर्मत गरिएको सडकको कालोपत्रे पुनः उप्किनुका साथै सो सडक खण्ड अन्तर्गत निर्माण गरिएको कजवे समेत भत्किदा पानी जमेर यातायात सञ्चालन हुन नसकेपछि एकतर्फी सञ्चालन हुँदै आएको मन्थली बजारको बीच सडकबाटै सवारी दोहोरो सञ्चालनमा ल्याइएको छ ।
कजवे भत्किएर ठाडो परेको रडले गाडीको टायर पञ्चर गराउँने र पानी जमेको कारण मोटरसाइकल दुर्घटना समेत बढेकाले एकतर्फी सञ्चालन हुँदै आएको यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले जानकारी दिए ।
कजवेमा जमेको पानी खोल्दा स्थानीयको खेतमा लगाएको बाली नष्ट गर्ने भएकाले स्थानीयले समेत कजवेमा जमेको पानी खोल्न अवरुद्ध गर्दा यातायात सञ्चालन गर्न नसकिएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए ।


मन्थली बजारमा यातायात सहज बनाउनको लागि नगरपालिकाको लगानीमा निर्माण गरिएको सडकमा चार महिना पनि राम्रोसँग गाडी नगुड्नु नगरपालिकाको लागि लज्जास्पद विषय भएको स्थानीयको भनाई छ ।
करोडौं लगानी गरेर निर्माण गरिएको सडकमा चार महिना पनि राम्रोसँग गाडी नगुड्दा आपूmलाई दुःख लागेको मन्थली नगरपालिका प्रमुख बस्नेतले बताए ।
सो सडक ४ करोड १७ लाख ७१ हजारमा खाम्पाचे नाइल जेभी कन्स्टकसनले ठेक्का परेको थियो । सो रकम मध्यय ४ करोड, ३ लाख ६९ हजार रुपैयाँ नगरपालिकाले भुक्तानी दिइसकेको छ ।

Share this

प्रतिकृया

Add