ठेलामा राखेर मोःमो बेच्ने व्यक्तिमा कोरोना पुष्टि भएपछि हंगामा

 मङ्लबार, असार ९, २०७७ | onlinenews

९ असार काठमाडौं । भारतको मध्य प्रदेशको ग्वालियर शहरमा, मःम बिक्रेता एक ब्यक्तिमा कोरोना पुष्टि भएको छ । ति मोःमो बिक्रेताले शहरको गोलाको मन्दिरमा ठेलामा राखेर मोःमो बेच्दै आएका थिए । उसको कोरोना रिपोर्ट पोजिटिभ आएपछि त्याँका हंगामा मच्चिएको छ ।
जिल्ला प्रशासनले मोःमो बिक्रेताको सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न अपिल गरेको छ ।
ग्वालियर कलेक्टर कौशललेन्द्र बिक्रम सिंहले मोःमोका पारखीहरु जो उस्को सम्पर्कमा आएका थिए । उनीहरुले जिल्ला अस्पतालमा गएर आफैले आफ्नै खर्चमा परीक्षण गराउनुपर्ने बताएका छन् । सयौं मोःमो पारखीहरु हरेक दिन ती मोःमो बिक्रेताको सम्पर्कमा आउने गरेका थिए ।

प्रतिकृया

Add