कृष्ण भोकै पर्नेभएपछि मिरा माइत जाम कि नजाम दोधारमा

 बिहिबार, असार ११, २०७७ | onlinenews

सन्तोष ढुङ्गेल


११ असार, रामेछाप–नेपाली नारीको मुख्य पर्वको रुपमा मनाइने हरितालिका तिज आउन झण्डै दुई महिना बाँकी छ । तर गायिका मिरा तामाङ यस वर्ष तिजमा माइत जाम किन नजामा दोधारमा परेकी छन् ।
आपूm माइत जाँदा घरमा बुढो भोकै पर्ने भएपछि उनलाई माइत जान मनै छैन् तर बुढोले बरु दुईदिन भोकै बसौला तिजमा माइत चाँहि जाउ भनेपछि मिरा माइत जाम कि नजाम दोधोरमा परेकीछन् ।
हाजसालै बजारमा ल्याइएको तिज गीत ‘जाम कि नजाम भो’ मा मिरा तामाङ माइत जाम कि नजाम भएकी हुन् । गायिका मिरा तामाङले तीज गीत ‘जाम कि नजाम भो’ बजारमा ल्याएकी छन् । ‘जाम कि नजाम भो’ मा कृष्ण काफले र गायिका मिरा तामाङले स्वर दिएकी छन् भने अभिनय पनि मिरा र कृष्णले नै गरेका छन् ।
गीतको शब्द तथा लय सिर्जना कृष्ण काफ्लेले गरेका हुन् । गीतको एरेन्ज महेश पुनले गरेका छन् भने मिक्सिङ कृष्ण पुनले । दुर्गा पौडेलको छायाँकन तथा निर्देशन रहेको ‘जाम कि नजाम भो’ को सम्पादन नविन घर्तिमगरले गरेका हुन् भने माधव श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

प्रतिकृया

Add