सुनको भाउ महँगियो, तोलाको ९१ हजार १ सय

 बिहिबार, असार ११, २०७७ | onlinenews

१० असार, रामेछाप- सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुन तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको हो ।
हिजो सुन तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् ।
त्यस्तै चाँदीको भाउ तोलाको ९ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ ।

प्रतिकृया

Add