गायिका मिरा गिरी र गायक लब कुमार भट्टको बनको भलायो गीत बजारमा

 आइतवार, असार १४, २०७७ | onlinenews

सन्तोष ढुङ्गेल

१४ असार, रामेछाप मिरा गिरी र लब कुमार भट्टको आवाजमा रहेको लोक दोहोरी गीत बनको भलायो बजारमा आएको छ ।  माया पिरतीसंग जोडिएर रचना गरिएको उक्त गीत चर्चित सर्जक रमेश बि जी को शब्द तथा लब कुमार भट्टको संगीत रहेको छ ।उक्त गीतको संगीत संयोजन कृष्ण के सी र ध्वनी मिश्रण बहने यच बि यन किस्मत को रहेको छ ।

पि.एन सापकोटा र रबिन भण्डारीको अभिनयमा रहेको उक्त भिडियोको निर्देशन स्मृति तिमल्सिना “गुरुआमा” को रहेको छ । प्रकाश धमला को सम्पादन र सुरेश श्रेष्ठको छायांकन रहेको उक्त भिडियो मिरा गिरीको युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

भर्खरै यूटुब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीत टिकटकमा समेत आउन थालिसकेको गायिका मीरा गिरीले हाम्रो अनलाईन न्युजलाइ बताइन् ।

प्रतिकृया

Add