नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
१६ असार, काठमाडौं– नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नेकपा एमाले नामको दल दर्ता गरिएको नेकपाका नेता बामदेव गौतमले दावि गरेका छन् ।
स्थायी कमिटी बैठकमा नेकपा (एमाले) नामको दल दर्ता भएको विषय प्रवेशले मंगलबारको बैठक प्रभावित भएको भयो ।
स्थायी कमिटी बैठकमा बामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा (एमाले) ब्यूँताउने निवेदन दर्ता भएको दावि गरेका थिए ।
एमालेको नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ, यसमा म विश्वस्त छु र अहिले यस्तो काम गर्ने बेला होइन गौतमले बैठकमा भनेका थिए । पार्टीलाई पद्दति सम्मत र सरकारलाई लोकप्रिय बनाउने काममा प्रधानमन्त्री चुकेको नेता गौतमको भनाई थियो ।
बैठकमा अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीनिकट कानुन व्यवसायीले नेकपा एमाले ब्युँताउने निवेदन तयार पारेको सूचना आफूले पाएको बताएका थिए ।बैठक चलिरहेका बेला एमाले दल दर्ताको निवेदन कसको निर्देशनमा निर्वाचन आयोगमा गएको हो भनेर प्रचण्डले प्रश्न समेत गरेका थिए ।
प्रधानमन्त्री ओलीले भने दल दर्ताको निवेदनबारे आफूलाई कुनै जानकारी नरहेको भन्दै आफू नेकपाको अध्यक्ष रहेको बताएका थिए । झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा गएको आयोगले पुष्टि गरेको छ ।