रामकुमार नेपालीले ल्याए दुःखि बाहुनलाई बजारमा

 मङ्लबार, असार २३, २०७७ | onlinenews

सन्तोष ढुङ्गेल


गायक रामकुमार नेपालीले ‘दुःखि बहुन’ बोलको गीत बजारमा ल्याएका छन् । बाहुन जातिमाथि भएको विभेदलाई समेटेर ‘दुःखि बहुन’ बोलको गीत बजार ल्याएका हुन् । दलित, जनजातिको नाममा विभिन्न कोटा आउने तर बहुनले अवसरहरु गुमाउनु परेको विषय गीतमा उठाउन गरिएको छ ।
राज्यले छुट्याएको दलित, जनजाति लगाएका कोटाहरुको कारण बाहुनहरु अन्यामा परेको र बहुनहरुले पनि दलित जनजातिहरु सरह नै अवसर पाउनुपर्नेमा गीतले इङगीत गरेको छ । विभिन्न क्षेत्रको जागिर र सामान्य राहत वितरण गर्दा समेत दलित, जनजाति लगायतका कोटा छुट्याइदा बाहुनले अवसर गुमाउनु परेको कुरालाई गीतमा समेटिएको छ ।
‘दुःखि बहुन’ गायक रामकुमार नेपाली र निरु कार्की, आयुषा गौतम र विरेन्द्र एस.विले स्वर दिएका छन् । शब्द र लय डिआर सुजनको रहेको ‘दुःखि बहुन’ को एरेन्ज कृष्ण विकले गरेका हुन् । ‘दुःखि बहुन’ मा डिआर सुजन, सरस्वती फुयाँल, आयूष गौतम, दिवाकर भण्डारी, लेखनाथ भुसाल, केदार न्यौपाने, सिर्जना रोका, सन्तोष सुवेदी, अर्जुन कार्की र सिताराम थापाले अभिनय गरेका छन् ।
डिआर सुजनको निर्देशन रहेको ‘दुःखि बहुन’ को छायांकन राहुल राई र सम्पादन दिपक विष्टले गरेक हुन् ।

प्रतिकृया

Add