कोरोनाको कारण ४ लाखदेखि ५ लाखसम्म नेपालीको रोजगारी गुम्ने अवस्था

 शुक्रबार, असार २६, २०७७ | onlinenews

२५ असार, रामेछाप– वैदेशिक रोजगारीमा रहेका पाँच लाखको हाराहारीमा नेपाली कामदारको रोजगारी कोरोनाभाइरसको कारण गुम्ने अवस्थामा रहेको सुरक्षित आप्रवासन परियोजना (सामी)ले आँकलन गरेको छ ।
रोजगारीको सिलसिलमा विभिन्न देशमा रहेका कामदारले कोरानाभाइरसका कारण रोजगारी गुमाउनु पर्ने अवस्था आएको छ । कति कामदारले रोजगारी गुमाउँदै छन् भन्ने एकिन तथ्यांकन नभए पनि करिब ५ लाख नेपाली कामदारले रोजगारी गुमाउनु पर्ने अवस्था रहेको सामी परियोजनाले जनाएको छ ।
परियोजनाको तथ्यांक अनुसार भिजिट भिजामा जाने र अवैध रुपमा काम गर्दै आएका नेपाली कामदारहरुको रोजगारी गुम्ने अवस्था आएको हो । अवैध रुपमा विदेशमा मजदुरी गरिरहेका नेपाली श्रमिकको संख्या यूएइमा सबैभन्दा धेरै रहेका छन् ।
बिहीबार रामेछापको सदरमुका मन्थलीमा सुरक्षित आप्रवास परियोजना सञ्चालीत नगरपालिका तथा गाउँपालिकाहरुद्धारा आयोजीत ‘सुरक्षित वैदेशिक रोजगारीका लागि पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा हेल्भेटासद्धारा सञ्चालीत सुरक्षित आप्रवासन परियोजना रामेछाप र सिन्धुपाल्चोकका कार्यक्रम अधिकृत भोजराज सुनुवारले सो जानकारी दिएका हुन् ।


सुरक्षित आप्रवासन परियोजना (सामी)ले तयार गरेको आर्थिक वर्ष २०६३/०६४ देखि आर्थिक वर्ष २०७५/०७६ सम्मको तथ्यांक अनुसार विभिन्न देशमा गरि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको संख्या ५३ लाख ५२ हजार ४ सय ४२ जना रहेका छन् । जसमा रामेछापबाट वैदेशिक रोजगारीमा जानेको संख्या ४० हजार १ सय ९१ जना रहेका छन् ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको (कोभिड–१९) कोरोनाभाइरसबाट खाँडीका ६ देश र मलेसियामा गरि यो समाचार तयार हुँदासम्म १० हजार ९ सय ३७ जना नेपाली श्रमिक संक्रमित भएका छन् । जसमा साउदीमा १ हजार ३ सय ६४ जना, बहराइनमा ३ सय ३१ जना, यूएइमा १ हजार ६ सय जना, कुबेतमा ६ सय ५० जना, कतारमा ६ हजार ९ सय ११ जना र मलेसियामा ८१ जना रहेका छन् ।
यूएइमा १८ जना, साउदीमा ९ जना र कतारमा ४ जना गरि ३१ जना नेपाली श्रमिकको कोरोनाभाइरसको कारण मृत्यु समेत भइसकेको हेल्भेटास– सामी परियोजनाले जनाएको छ । कोरोनाभाइरसको जोखिमका कारण स्वदेश आउन चाहने नेपालीको संख्या ५६ हजार ९३ जना रहेका छन्, घर फर्कन चाहनेको संख्या बढ्दो अवस्थामा रहेको छ । समस्यामा परेर आफ्नो खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गरि उद्धार गर्न सर्वोच्च अदालतले आदेश दिए पनि कार्यविधि नबनिसकेको कारण आफै खर्च गरेर घर आउन नसक्ने श्रमिकहरुको उद्धारमा समस्या भइरहेको छ ।
गन्तब्य मुलुकमा रहेका नेपाली दूतावासहरु मार्फत समस्या र अप्ठ्यारामा परेकाहरुका विवरण संकल गर्ने काम भइरहेको र हालसम्म २४ हजार १ सय ४८ जनाको विवरण संकलन भएको कार्यक्रम अधिकृत सुनुवारले जानकारी दिए ।
विदेशमा जोखिममा परेका तथा अलपत्र परेका नेपाललाई तत्काल राहत लगायत कार्यका लागि नेपाली दूतावासहरुमा ७० लाख रुपैयाँ रकम पठाइएको छ ।
अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दै मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले वैदेशिक रोजगारीबाट कमाएर ल्याएका रकम उत्पादनमूलक क्षेत्रमा लगाउने स्थानीय सरकारको दायित्व भएकाले मन्थली नगरपालिकाले सोही अनुसारको योजना बनाएर अघि बढ्ने बताए ।
मन्थली नगरपालिकाले आर्थिक क्रियाकलापलाई केन्द्रमा राखेर विदेशबाट फर्केकाहरुलाई उत्पादनमूकल क्षेत्रमा लगाउने नगर प्रमुख बस्नेतको भनाई छ । खाँडी र मलेसियामा भन्दा बढी मानिस भारतमा रहेको भन्दै त्यसको तथ्यांकन नरहेको पनि बस्नेतले बताए ।

लकडाउनमा पनि परामर्श सेवा जारी

आप्रवासी श्रोत केन्द्र रामेछापले लकडाउनको अवधिमा पनि परामर्श सेवालाई निरन्तरता दिंदै आएको छ । आप्रवासी श्रोत केन्द्रले सम्बन्धित ब्यक्तिलाई प्रत्येक्ष भेटेर तथा टेलीफोन मार्फत पराशर्म दिंदै आएको छ । लकडाउनको अवधिमा जिल्लाको ८ वटै पालिकाहरुमा गरि प्रत्येक्ष भेट गरेर ३ हजार ३ सय ५५ जना र टेलीफोन मार्फत ३१ जनालाई परामर्श सेवा प्रदान गरिएको सामी परियोजना, जिल्ला परियोजना संयोजक सागर विक्रम बस्नेतले जानकारी दिए ।
प्रत्येक्ष भेट गरेर परामर्श दिइएकाहरु मध्य महिला १ हजार २ सय ७४ जना र पुरुष २ हजार ८१ जना रहेका छन् भने टेलीफोन मार्फत परामर्श दिइएकामा पुरुष २१ र महिना १० जना रहेका छन् ।
आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीमा जानु अघि सीप तालिम लिनेको संख्या रामेछापमा १६ जना रहेका छन् । जसमा मन्थली नगरपालिकामा ५ जना, दोरम्बा गाउँपालिकामा ३ जना, लिखु तामाकोशी गाउँपालिका १ जना, रामेछाप नगरपालिकामा २ जना र गोकुलगंगा गाउँपालिकामा ५ जना रहेको जिल्ला परियोजना संयोजक बस्नेतले जानकारी दिए ।
तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेमा जनजाति समुदायको संख्या बढि रहेको छ । जसमा पनि कक्षा ५ देखि कक्षा ८ सम्म अध्ययन गरेकाहरुको संख्या उल्लेख्य रहेको छ ।
अन्तरक्रियामा सहभागि पत्रकारहरुले विदेशबाट रोजगरी गुमाएर स्वदेश फर्कने र वैदेशिक रोजगारीमा जाने युवा जनशक्तिलाई नेपालमा रोक्नको लागि परियोजनाले स्थानीय सरकारलाई उद्योग कलकारखाना खुलाउन र उम्पादनमुखी काम गर्न प्रेरित गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन् ।
युवा स्वरोजगारको नाममा परियोजना सञ्चालन गर्ने मात्रै हैन स्थानीय सरकारले उद्योग कलकारखाना स्थापना गरेर दीर्घकालिन रोजगारीको सिर्जना गर्नुपर्ने पत्रकारहरुको सुझाव छ । स्थानीय सरकारले साना तथा कुटिल उद्योगहरु सञ्चालन गरेर रोजगारी सिर्जना गर्ने बताउँदै आए पनि त्यो भाषणमा मात्रै सीमित भएको पत्रकारहरुको बुझाई छ ।
स्थानीय सरकारहरुको सहयोगमा विदेशबाट रोजगार गुमेर फर्किएका ५ हजार जनालाई रोजगार सिर्जना गर्ने परियोजनाको आगामी वर्षको उद्देश्य रहेको हेल्भेटास सुरक्षित आप्रवासन परियोजना रामेछाप र सिन्धुल्पाल्चोकका कार्यक्रम अधिकृत भोजराज सुनुवारले बताए । स्थानीयले सरकारले उद्योग धन्दा स्थापना गरेरमा परियोजनाले दक्ष कामदार उत्पादन साथै प्राविधिक सयोग गर्ने सुनुवारको भनाई छ ।

सामी/रोजगार प्रर्वद्धन कार्यक्रम सञ्चालनको लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको शर्सत कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम सञ्चालनको लागि सामी/हेल्भेटासले प्राविधिक सहयोग दिंदै आएको छ ।

प्रतिकृया

Add