ज्योतिष बनेर ठगि गर्ने रामेछापका अर्जुन क्षेत्री ४ करोड ठगी गरेको आरोपमा पक्राउ

 शुक्रबार, असार २६, २०७७ | onlinenews
Share this

असार २६–रामेछाप, नेपालमा केहि समय अघि बैशाख १२ र २९ गते आएको भन्दा ठूलो भुकम्प जाने भन्दै बिवादित भविष्यबाणी गर्ने अर्जून क्षेत्री पक्राउ परेका छन् । उनले भुकम्प पछि नेपालको ठूलो राजनेता समेतको अकल्पनिय निधन हुने भन्दै भविष्यबाणि गरेका थिए । क्षेत्री ज्योतिष नभएर ठग भएको भन्दै ज्योतिष संघले माफी समेत माग्न लगाएको थियो ।
आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगि समेत गरेको आरोपमा क्षेत्री पक्राउ परेका हुन् । उनीसहित उनका अन्य तिनजना सहयोगी समेत पक्राउ परेका छन् ।
पक्राउ पर्ने उनीहरुले नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै ४ करोड मागेका थिए ।
जग्गा खरिद गर्दा घोटला भएको र पैसा दिए घोटला भएको बिषय सार्वजनिक नहुने भन्दै क्षेत्रीको समुहले ५० लाखमा कुरा मिलाएका थिए । आपसी सहमतीपछि ५० लाखमा कुरा मिलाएको तर दिने भनिएको रुपैयाँ लिन जाँदा क्षेत्रीसहित तीनजना अख्तियारको फन्दामा परेको स्रोतले बतायो । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोली र काठमाडौं अपराध महाशाखाको टोलीले आज बिहान पक्राउ गरेको हो ।

Share this

प्रतिकृया

Add