मन्थलीमा करेन्ट लागेर एक जनाको ज्यान गयो

 शुक्रबार, असार २६, २०७७ | onlinenews
Share this

असार २६–रामेछाप, सदरमुकाम मन्थलीको मदन आश्रित चोक नजिक दिँउसो २ः३० बजे करेन्ट लाग्दा एक व्यक्तिको ज्यान गएको छ । मन्थली नगरपालिका वडा नं ५ सुनारपानी घर भई लक्ष्मी आयल स्टोर भैंसेश्वरमा कार्यरत अन्दाजी ३० वर्षका मुरारी खड्कालाई बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लाग्दा घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लक्ष्मी आयल स्टोरका संचालक एवं रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब घिमिरेको घरमा बस्दै आएका खड्काको चिसो भुँईमा टेकी बिजुलीको प्लग जोड्न लाग्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत हवल्दार मानसिँह तामाङले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र आकाशेमा राखिएको छ ।

Share this

प्रतिकृया

Add