ट्रम्पको चुनावी अभियानमा र रुसको सम्बन्धबारे अनुसन्धान

 मङ्लबार, चैत्र ८, २०७३ | onlinenews

अमेरिकी संघीय जाँच ब्युरो एफबिआइका निर्देशक जेम्स कोमीले, पहिलो पटक, उनको निकायले सन् २०१६ को चुनाव अघि राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान र रुसबिचको सम्बन्धबारे छानविन गरिरहेको बताएका छन ्।
खुल्ला गरिएको संसदको गुप्तचर निकाय हेर्ने समितिको एउटा दुर्लभ बैठकमा उनी र राष्ट्रिय सुरक्षा निकायका प्रमुखले आफ्नो धारणा राखेका थिए ।
संसदको ’इन्टेलिजेन्स’ समितिले दुबैलाई उक्त विषयमा आफ्ना धारणा राख्न बोलाएको विविसीले लेखेको छ ।
संसदीय समितिमा निर्देशक कोमीले एफबीआइले ट्रम्पको चुनावी अभियान र नतिजा प्रभावित पार्न रुसले भूमिका खेलेको भन्ने आरोपका बिचमा रहेको सम्भावित सम्बन्धबारे अनुसन्धान गरिरहेको पुष्टी गरेको विवसीमा उल्लेख छ ।
अमेरिकाका गुप्तचर निकायका प्रमुखहरुले विगतमा डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई समर्थन गर्ने नीति रुसले लिएको आफूलाई लागेको बताउने गरेका थिए।
नेशनल सेक्युरिटी एजेन्सीका निर्देशक माइक रोजर्सले आफूले ब्रिटेनको गुप्तचर निकाय ’जिसिएचक्यु’लाई ट्रम्प विरुद्ध जासुसी गर्न आदेश दिएको भन्ने आरोपको कडा प्रतिवाद गरेका छन् ।

प्रतिकृया

Add