नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
१२ साउन, रामेछाप– उमाकुण्ड गाउँपालिकामा एक दलित महिलामाथि निर्घात कुटपिट भएको छ । उमाकुण्ड गाउँपालिका–४ का अन्दाजी ६० वर्षीय पदमबहादुर खत्री र उनका छोरा वर्ष २८ का जितबहादुर खत्रीले सोही ठाउँका २८ वर्षीय संगीता सार्कीमाथि निर्घात कुटपिट गरेका हुन् ।
खत्रीद्धयको कुटाइबाट सार्कीको घाटी, ढाड र आँखामा गम्भीर चोट पुगेको छ । उनी हाल रामेछापको सदरमुकाम मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार गराइरहकी छन् ।
गत साउन ८ गते अपराह्न ४ बजेको समयमा सामान्य विवादको क्रममा पसलमा मदिरा सेवन गरेर बसेका खत्रीका बाबु÷छोराले आफूमाथि हातपात गरेको पीडित सार्कीले बताइन । आफ्नो भाइले ताली पड्काउँदा त्यही नजिकै पसलमा रहेकी अर्की युवतीलाई हात हाल्यो भन्ने बाहना बनाएर पदमबहादुर खत्री र जितबहादुर खत्रीले निहु खोजेपछि सामान्य विवाद भएको पीडित सार्कीले बताइन ।
विवाद हुन लागेपछि, मेरो भाइ यहाँ बसेको ४ वर्ष भइसक्यो त्यस्तो त गरेन होला बुबा भन्ने वित्तिकै पदबहादुका छोरा जितबहादुरले आफूमाथि एक्कासी मुक्का प्रहार गरि लडाएको सार्कीको भनाई छ । नजिकैको पसलमा रहेकी युवतीले आपूmलाई हात हालेको छैन भन्दाभन्दै पनि मदिराले झुमेका खत्रीका बाबुछोरा मिलेर आफूहरुमाथि कुटपिट गरेको पीडित सार्कीले गुनासो गरिन ।
मुक्का प्रहारबाट ढलेकी सार्कीलाई उनको सानो भाईले उठाउन जाँदा मरोस् उपचार गर्दिन बरु जेल जान्छु भनेर पदमबहादुरले उल्टै धम्क्याएर लडेको ठाउँबाट उठाउन समेत नदिएको पीडित सार्कीले गुनासो पोखिन ।
लडेकै ठाउँमा जितबहादुरले आफूलाई न्याक्न आएपछि छुटाउन आएको मेरो भाईलाई समेत पिट्न लागेपछि छेक्न जाँदा उल्टै पदमबहादुले कपालमा समातेर तानी दुई मुक्का हानेको पीडित सार्कीले बताएकी छन् ।
जितबहादु खत्रीले भने आफूहरुले महिलामाथि हातपात नगरेको बताएका छन् । आफ्नो बुबा र संगिताका भाइबीच भएको सामान्य विवादका क्रममा आफूले झगड नगर्नु भनेर तीन पटकसम्म सम्झाउँदा पनि बुबामाथि झम्टेर आएपछि समात्न जाने क्रममा संगिताबीचमा आएका कारणले उनी घाइते भएकी उनले बताए ।
बुबासँग झगडा गरिहेका संगिताका भाइलाई यसरी झगडा नगर्नु भनेर सम्झाउँदा सम्झाउँदै पनि एक्कासी आफ्नो बुबामाथि झम्टेर आएको खत्रीको दाबी छ । उनीहरुसँग कुनै व्यक्तिगत रिसइबी नभएको पनि उनले बताएका छन् ।
इलाका प्रहरी कार्यालय प्रितीका प्रहरी सहायक निरीक्षक नेत्रबहादु काफ्लेले आफू लाप्चाने भन्ने ठाउँमा गएर आउँदै गर्दा पीडित संगीताको श्रीमान चेतबहादुर मगरातीले आफ्नी श्रीमतिमाथि हातपात भएको भनि दिएको मौखिक उजुरीको आधारमा घटना स्थलमा पुग्दा उनीमाथि कुटपिट भएको पाइएको बताएका छन् ।
पीडित पक्षले ठाडो निवेदन दिए पनि जाहेरी नदिएको भन्दै जाहेरी दिएमा कुटपिट गर्नेहरुलाई पक्राउ गरि कानूनी कारबाही गर्ने इलाका प्रहरी कार्यालय प्रितीले जनाएको छ । पीडित पक्ष विरामीको उपचारमा लागेको र प्रहरीमा जाहेर नआएको कारण कुटिपिट गर्नेलाई पक्राउ नगरिएको प्रहरी सहायक निरीक्षक काफ्लेले बताए । पीडित पक्षले दिएको निवेदन जिल्ला प्रहरी कार्यालय रामेछापमा पठाइएको पनि उनले जानकारी दिए ।
कानूनतः मुलुकी अपराध संहिताको परिच्छेद १४ को कुटपिट वा अंगभंग सम्बन्धी कसूर अन्तर्गतको दफा १९१ को ३ मा कुटपिट गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवान हुने व्यवस्था रहेको छ । यस्तै गाली गरेको भएमा पनि अपराध संहिताको परिच्छेद २ अन्तर्गत गाली बेइज्जती सम्बन्धी कसूरको दफा ३०५ को ३ मा कसैमाथि गाली गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ । तर, सामाजिक रुपमा बढ्दो क्रममा देखिएका यस्ता घटना न्यूनिकरण तथा रोकथामका लागि कानूनमा भएका व्यवस्थालाई कडाइसाथ कार्यान्वयन हुन नसकेको जानिफकारहरु बताउछन् ।