निरु कार्कीसँग सिन्धुपाल्चोक घुम्न जाने हो ?

 मङ्लबार, साउन १३, २०७७ | onlinenews

सन्तोष ढुङ्गेल


गायिका निरु कार्कीले सिन्धुपाल्चोक घुम्न जानको लागि अनुरोध गरेकी छन् । सिन्धुपाल्चोकमा पुगेर घुम्ने ठाउँहरु पनि निरुले बताएकी छन् । निरुले सिन्धुपाल्चोकमा घुमाउने ठाउँमा मनमोहक प्राकृति दृष्यहरु छन् । प्रकृति र सँस्कृतिले परिपूर्ण ऐतिहासिक एवं सुन्दर स्थलहरु छन् । त्यहाँ पुगेपछि जो कोही पनि लोभिने छन् । निरुले घुमाउन लैजने भनिएको ठाउँमा पुगेपछि निरुसँग हैन प्रकृतिसँग लोभिने छन् र आनन्द लिन सकिने छ । त्यस्तो ठाउँमा घुम्न जानको लागि निरुले अफर गरेकी छन् ।
त्यो अफर निरुले “सिन्धुलपाल्चोक घुम्न जाऊँ” बोलको गीतबाट गरेकी हुन् । गायिका निरुले हालसालै बजार ल्याएकी “सिन्धुलपाल्चोक घुम्न जाऊँ” बोलको म्युजिक भिडियोमा सिन्धुपाल्चोक जिल्लाको प्राकृतिक एवं साँस्कृतिक रुपले ऐतिहासिक र सुन्दर ठाउँहरुको बयान गरिएको छ । “सिन्धुलपाल्चोक घुम्न जाऊँ” मा निरु कार्की, दिलबहादुर कार्की र मोहन कार्कीले स्वर दिएका छन् । दिलबहादुर कार्कीको लिरिक्स रहेको “सिन्धुलपाल्चोक घुम्न जाऊँ” मा अमृत खातीले म्युजिक भरेका छन् भने कमल सौरग एरेञ्जर हुन् ।
सञ्जीव ठाकुर, आयूष्मा कार्की, अस्मिता जुरेलीलगायको अभिनय रहेको “सिन्धुलपाल्चोक घुम्न जाऊँ” को सम्पादन पदम सुवेदीले गरेका हुन् भने निर्देशक शिव वि.क रहेका छन् ।

प्रतिकृया

Add