मधेशबाट सेना र सशस्त्र प्रहरीको ब्यारेक सार्न माग

 मङ्लबार, चैत्र ८, २०७३ | onlinenews

काठमाडौं । मधेशी युथथिंक ट्याङ्कले मधेशीहरुको अस्तित्व संकटमा रहेको भन्दै मधेशमा रहेका सम्पूर्ण आर्मी ब्यारेक, सशस्त्र प्रहरीको ब्यारेक र जनपथको ब्यारेकहरुलाई तुरुन्त मधेशबाट सार्न माग गरेको छ । मधेशी युथथिंक ट्यांकका अध्यक्ष डा. विनय पञ्जियारले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी मधेशबाट ब्यारेकहरु फिर्ता गरी मधेशको शान्ति सुरक्षाको सम्पूर्ण जिम्मा युएन किपिङ्ग पिस फोर्सलाई लिन अन्तर्राष्ट्रिय समुदायहरुसँग अपील गरेका छन् । डा. पञ्जियारले गृहमन्त्री विमलेन्द्र निधिको राजीनामासमेत माग गरेका छन् । उनले डा. सीके राउतसहितको उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न मधेशी मोर्चालाई आह्वान गरेका छन् । मधेशी मोर्चाले सांसद पदबाट सामूहिक राजीनामा दिनुपर्ने, गैरमधेशी दलमा रहेका सम्पूर्ण मधेशी सांसदहरुले पनि सांसदबाट राजीनामा दिनुपर्ने, नेपाली राज्य संयन्त्रमा रहेका मधेशी कर्मचारीहरुले आफ्नो पदबाट राजीनामा दिनुपर्ने लगायतका मागहरु डा. पञ्जियारले गरेका छन् ।

प्रतिकृया

Add