नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
१५ साउन, रामेछाप– खाँडादेवि गाउँपालिकाले अनियमितता गरेको भन्दै गाउँपालिकाका स्थानीयले रिपोर्टर्स क्लव काठमाडौंमा पत्रकार सम्मेलन गरेका छन् ।
खाँडादेवि गाउँपालिकामा अनियमितता भएको भन्दै अनियमितता रोक्न बनेको संघर्ष समितिले रिपोर्टर्स क्लव काठमाडौंमा पत्रकार सम्मेलन गरी खाँडादेवि गाउँपालिका प्रमुख प्रेमबहादुर तामाङले बागमती प्रदेशका अर्थमन्त्री कैलाशप्रसाद ढुङ्गेलसँग मिलेर ठूलो अनियमितता गरेको आरोप लगाएको छ ।
आफ्नो स्वार्थ पूरा नहुने भएपछि इलाका प्रहरी कार्यालय चोप्राङको भवन निर्माणको लागि टेन्डर भई खानी निर्माण सेवा प्रालिले मोविलाइजेसन पेस्की समेत लिइसकेको अवस्थामा गाउँपालिका प्रमुखले प्रहरी कार्यालय निर्माण गर्न अवरोध गर्नुका साथै कतै खेल मैदान त कतै अस्पताल बनाउने नाउमा करिक ४० रोपनी भन्दा बढी जंगल फडानी गरि हजारौको संख्यामा रुख कटान गरेकोे स्थानीयको आरोप छ ।
राजनीतिक स्वार्थ पूरा नहुने भएपछि इलाका प्रहरी कार्यालयको भवन निर्माण प्रयोजनको लागि लिएको जग्गा प्रहरी कार्यालय भवन बनाउन अवरोध गरेको भन्दै जे प्रयोजनको लागि जग्गा दिइएको हो त्यही अनुसारको काम हुनुपर्ने जग्गादाता तथा स्थानीयबासीहरुले माग गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा खाँडादेवी गाउँपालिका अनियमितता संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । खाँडादेवि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ र ६ नम्बर वडाका अध्यक्ष समेत रहेका गाउँपालिका प्रवक्ता पुष्कर कार्कीले मनोमानी ढंगले इलाका प्रहरी कार्यालयको भवन बनाउन दिएको जग्गामा भवन निर्माण गर्न नदिएको स्थानीयको आरोप छ ।
इलाका प्रहरी कार्यालय चोप्राङको भवन निर्माणको लागि स्थानीयबासिन्दाले चार रोपनी तीन पैसा जग्गा दानपत्र दिएको र भवन निर्माणको ठेक्का प्रक्रिया सकिएर भवन निर्माण कार्य अघि बढाउने बेलामा पालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष पुष्कर कार्कीले काम नै गर्न नदिएको उनीहरुको आरोप छ ।
जग्गादाताहरु शान्ता कार्की र बिन्दा कार्कीको परिवारलाई वडा अध्यक्ष र पालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले आफ्नो पार्टीमा प्रवेश गर्न दबाब दिएको तर जग्गादाताहरुले गाउँपालिका अध्यक्ष तामाङ र वडा अध्यक्ष कार्कीको प्रस्ताव अस्वीकार गर्दा प्रहरी कार्यालयको भवन निर्माणमा बाधा सिर्जना गरिएको उनीहरुको भनाई छ ।
पत्रकार सम्मेलन मार्फत जग्गादाता समेत रहेका नारायण कार्कीले आफूहरुले इलाका प्रहरी कार्यालयको भवन निर्माणको लागि जग्गा दान गरिसकेकाले सोही जग्गामा यथाशक्य चाँडो भवन बनाइनुपर्ने माग गरे । उनले भने, ‘यदि त्यो ठाउँमा घर बनाउन गाउँपालिकाले अवरोध गर्छ भने हामी गाउँपालिकाको विरुद्धमा कानूनी प्रक्रियामा जानेछौं ।’
त्यस्तै, जग्गादाता परिवारकै सदस्य डोरबहादुर कार्कीले पालिकाले राजनीतिक पूर्वाग्रह राखेर सामाजिक कार्यमा समेत अवरोध गरेको बताए । पालिकाले यसैगरि राजनीति पूर्वाग्रह राखेमा आफूहरु पनि प्रतिकारमा उत्रिने चेतावनी दिए । उनले पालिकाको कार्यालयमै तालाबन्दी गरिने चेतावनी समेत दिए ।
त्यहाँका स्थानीले इलाका प्रहरी कार्यालय भवन निर्माणको लागि मात्रै नभएर गाउँपालिकाको भवन निर्माण प्रयोजनको लागि समेत पन्ध्र रोपनी जग्गा दान दिएको स्थानीयले बताएका छन् । दान पत्रमा स्थानीयवासीसँग जग्गा लिए पनि गाउँपालिकाले अहिलेसम्म उक्त जग्गा प्रयोग नगरेको बरु सार्वजनिक जमिन (जंगल) मा अस्थायी संरचना निर्माण गरेको स्थानीयको भनाई छ ।
स्थानीय बालकृष्ण खत्री, रुद्रबहादुर खड्का, खड्गबहादुर खत्री, शंकर कार्की, लक्ष्मण केसी, पूर्णबहादुर केसी, तुलबिक्रम खत्री, मोहन केसी, सुरेन्द्र केसी, झप्पडबहादुर खत्री, खुमबहादुर खत्री, विश्वराम खत्री, केदार राउत, चित्रबहादुर राउत र गोपाल राउतले गाउँपालिका कार्यालयको स्थायी संरचना निर्माणको लागि १५ रोपनी जग्गा दान दिएका थिए ।
पत्रकार सम्मेलनमा जग्गा दाताहरुले आफूहरुले दान गरेको जग्गा जुन प्रयोजनको लागि भनेर गाउँपालिकाले लिएको हो त्यही प्रयोजनको लागि प्रयोग हुनुपर्ने जग्गा दाताहरुको भनाई छ ।
तर गाउँपालिकाले स्थानीयबासीले दिएको जग्गामा गाउँपालिकाको कुनै पनि संरचना निर्माण नगर्ने गरि बद्मासी गरिरहेको पनि उनीहरुले आरोप छ । गाउँपालिका अध्यक्ष तामाङ र वडा नम्बर ६ का अध्यक्ष पुष्कर कार्कीको रोहवरमा लक्ष्मण साइबारी सामुदायिक वनबाट ४० रोपनी जग्गा अस्पताल निर्माण गर्ने प्रयोजनको लागि भनेर लिएको (हाल सम्याइएको छ) र सो जग्गामा अस्पताल निर्माण नगरी अर्कै वडामा लगेर अस्पताल निर्माण कार्य सुरु गरिएको स्थानीयको भनाई छ ।