नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
१५ साउन, मकवानपुर–आर्थिक प्रलोभनमा परि सेवाग्राहीसँग पैसा लिने चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ ।
प्रदेश प्रहरीबाट खटिएका विशेष टोलीले गत १२ गते सवारी चालकसँग रकम असुली गरेको भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
सेवाग्राहीसँग पैसा लिने प्रहरीलाई कारबाहीको लागि प्रदेश प्रहरी कार्यालय हेटौंडा झिकाइएका उनीहरुलाई थप छानविन गर्नको लागि हाललाई निलम्बन गरिएको प्रदेश प्रहरी प्रवक्ता सुदिप गिरीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र कुमार मल्ल, इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत प्रहरी जवान अजय महत्तो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान लक्ष्मण महत्तोलाई निलम्बन गरिएको प्रदेश प्रहरी प्रवक्ता गिरीले जानकारी दिए ।
निलम्बनमा परेका प्रहरी कर्मचारीहरुको सम्बन्धमा छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली समेत गठन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मूल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरिएको पनि बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।