लकडाउनले अधिकांश कलाकारलाई बेखर्ची बनाएको छ: गायक रोका

 बुधबार, भदौ १७, २०७७ | onlinenews

लोकदोहोरी गीतको राजा भनेर चिनीने लोकदोहोरी गायक एव मोडल पछिल्लो समय निकै चर्चामा छन् । विशेषगरी लाइभ दोहोरीमा उनलाई पछि पार्ने सायदै होलान् । सिन्धुलपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका–२ काफ्लेटोलमा बुबा नैनबहादुर रोका र आमा कान्छी रोकाको कान्छो छोराको रुपमा जन्मिएका उनै लोकदोहोरी गायक प्रदिप रोकासँग हाम्रोअनलाइन न्यूजका सन्तोष ढुङ्गेलले गरेको कुराकानी ।

लाकडाउनलाई कसरी सदुपयोग गर्नुभएको छ ?

केही समय गाउँमै रमाइलो साथ बसियो अनि बीचमा अलि सहज भएको समयमा लाइभ दोहोरीको सुटिङ अनि तिज गीतको म्युजिक भिडियोतिर हल्का बिजी भइयो । तर फेरि बन्द भएपछि निक्कै अप्ठ्यारो महसुस भइरहेको छ ।

देश कोरोनाभाइरस संक्रमणको संकटमा गु्रजिरहेको अवस्थामा कलाकारहरुको चै अवस्था के छ ?
अहिलेको यो विश्व महामारीको अवस्थामा हामी पनि दुःखि छौ । दिनानुदिन संक्रमित बढिरहेको छ, हामी कलाकार मात्र नभई सिंगो राष्ट्रलाई नै नोक्सान परिरहेको छ । मैले कलाकारिता क्षेत्रलाई हेर्नु पर्दा झन धेरै दुःख लाग्छ कति कलाकार बेखर्ची हुनु भएको छ । चाहेर पनि केही गर्न सक्ने अवस्था छैन । दुःख लाग्छ यो समयमा ।

करिब ६ महिना लामो बन्दाबन्दीको अवधिक कसरी विताउनुभयो, कुनै नयाँ एल्बम निकाल्नुभयो कि ?
लामो समयको बन्दामा चै मैले धेरै लाइभ दोहोरीहरु इन्द्रेणी कार्यक्रम मार्फत गाएको छु मन पराइदिनु भएको छ । साथै एउटा तिज गीत दिदी बैनी नामक एल्बममा आफ्नै स्वर र अभिनय गर्ने मौका पनि पाएको थिए । अर्को एउटा निक्कै आश लाग्दो काठे दोहोरी गीत …….हो नि रेशममा अभिनय गरेको छु ।

तपाई गायन र अभिनयलाई कसरी लिनुभएको छ ?
सांगीतिक क्षेत्रमा गायत र अभिनय एक रथको दुईपाटा हुन् । अझ म त गायक पनि भएको नाताले अभिनयलाई त अझ महत्वपूर्ण ठानेको छु । किन कि मैले धेरै गीतहरुमा अभिनय समेत गरिसकेको छु ।

तपाई कहिलेदेखि सांगीतिक क्षेत्रमा लाग्नुभयो । सांगीतिक क्षेत्रमा लग्ने प्रेरणा कोबाट मिल्यो ?
म सांगीतिक क्षेत्रमा २०६७ सालदेखि लागेको हो । त्यसमा पनि दोहोरी साँझबाट आफ्नो करिअर सुरु गरेको हँु । र, प्रेरणा त पहिले घरबाट नै हुन्छ र आफ्नो इच्छा भएपछि म आफै यो क्षेत्रमा केही गर्छु भनेर लागिपरे ।

यहाँलाई काँठेका भाकाको राजा नै हो भन्छन् नि, तपाइलाई चाहिँ विशेषगरी कस्ता गीतहरु मनपर्छ ?
म एउटा कलाकार भएको नाताले हेर्नुपर्दा मलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जुनसुकै गीतहरु राम्रो लाग्छ । भन्न त भन्नु हुन्छ मेरा दर्शक भगवानहरुले काठे क्षेत्रको लाइभ दोहोरीको राजा भनेर तर मलाई कुनै भेगिए कलाकार अनि कुनै सीमित क्षेत्रको कलाकार हुन मन लाग्दैन । मेरो धरातल काठे क्षेत्र भए पनि म विशुद्ध लाइभ लोकदोहोरी गायक भन्न रुचाउछु ।

आजसम्म तपाई निकाल्नु भएको एल्बमहरु मध्य सबैभन्दा चर्चित भएको एल्बम कुन हो ?
आजसम्म आपूmले गाएको र एल्बम गरेको गीतहरु त धेरै छैनन् । मैले २० वटा जति एल्बममा आफ्नो स्वर भरेको छु । विशेषगरी म प्रत्यक्ष दोहोरी प्रतियोगिताबाट आएको हो । मैले २०७० सालमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानद्धारा आयोजित लोकदोहोरी अवार्डमा प्रत्यक्ष प्रतियोगी गायकको अवार्ड पनि जितेको थिएँ ।

पछिल्लो समयमा गीतसंगीतमा देखिएको विकृतिलाई कसरी लिनुभएको छ ?
नेपाली लोक गीत सांगीतको क्षेत्रमा विकृति आउनु त हाम्रो लागि एकदम दुःखको कुरा हो नि ! अहिले पछिल्लो समयमा क्षमताले भन्दा नि पैसाले कलाकार भएका छन् । यसो हुँदा राम्रो कलाकार, राम्रो सिर्जना, राम्रो सर्जक ओझेलमा परेका छन । र, यस्तो विकृति आउने काम सकभर नगरौं र आएकाहरुलाइ नि सम्बन्धित निकायबाट रोकियोस भन्न चाहन्छु ।

कलाकारहरुले स्टेजमा अरुकै गीत गाउँने गरेको कारण नयाँ एल्बमहरु बजार कम देखिन थाल्यो भन्छन् नि हो ?
कुनै पनि कलाकारको गीत चलेको छ र तेहि गीत अर्काे कलाकारले गाउँन त पाइन्छ जस्तो लाग्छ । जसले गाउँछ उसले वास्तविक कलाकारको नाम चै दर्शक सामु भन्न हिचकिचाउन भएन र अर्को चलेको गीत अरुले कार्यक्रममा गाउँदैमा नयाँ÷नयाँ सिर्जनाहरु कमै मात्र आउछ्न भन्न मिल्दैन । गीत गाउनेहरुले जति पनि गाउनु भएको छ त्यो संख्यात्मक भएर होइन गुणस्तरीय गीतहरु चलेका छन । र, आइरहेका पनि छ्न ।

अन्तमा के भन्न चाहनुहुन्छ ?
अन्त्यमा मेरा दर्शक भगवानहरु नमस्कार अनि सांगीतिक नमन गर्न चाहन्छु । यहाँहरुकै माया, हौसला र साथले गर्दा नै हामी कलाकार बन्न पाएका छौं । हिजोको दिनमा मलाई तपाईं देश तथा बिदेश जुनसुकै ठाउँमा रहेर पनि नेपाली लोकदोहोरीलाई जति माया गर्नु भएको अनि मलाई पनि आगामी दिनहरुमा यसैगरी माया गर्नु होला । मेरो प्रस्तुति के कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला धन्यवाद !

प्रतिकृया

Add