कोरोना संक्रमणका कारण खाद्यन्न समस्यामा परेकालाई सहयोग

 शुक्रबार, अशोज ९, २०७७ | onlinenews
Share this

तिलक कार्की


९ असोज, रामेछाप– सामुदायिक विकास समाज, मन्थली रामेछापले आफ्नो १९ औं स्थापना दिवस तथा ४१ औं सामाजिक सेवा दिवको सन्दर्भ पारेर बिहान बेलुका छाक टार्न परेकाहरुलाई सहयोग गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण खान समस्यामा परेका व्यक्तिहरुलाई खाद्यन्न तथा आर्थिक सहयोग गरेको हो ।
सिडिएसको स्थापना दिवसको अवसरमा डायलासिस गरिरहेका ४ जना मृगौला पीडित, ३ जना विपन्नलाई खाद्य सहयोग गरिएको सामुदायिक विकास समाज मन्थलीले जानकारी दिएको छ ।
सहयोग प्राप्त गर्ने मृगौला रोगीहरुमा मन्थली नगरपालिका–९ पुरानागाउँकी ओममाया गिरी, मन्थलीका डल्ले बोहोरा, सिन्धुलीकी मंगलादेवी श्रेष्ठ र रामेछाप नगरपालिका च्यास्कुकी सुकुमाया मगर रहेका छन् ।


त्यसैगरी दूर्घटनामा घाइते भई उपचारत टंक गौतम, विपन्न डिल्ली सार्की र पदमबहादुर सुनुवारलाई एक बोराका दरले चामल, एक केजी नून, एक लिटर खानेतेल, जिरा मसला लगायतका खाद्य सामाग्री प्रदान गरिएको हो । त्यस्तै मन्थलीमा सञ्चालीत महिला सुरक्षा गृहलाई ३ बोरा चामल उपलब्ध गराइएको छ ।
सोही अवसरमा खाँडादेवी–६ बस्ने मृगौला रोगी कविन्द्र घिसिङलाई ५ हजार रुपैयाँ, दोरम्वा–३ का नसा रोगी प्रल्हाद खड्कालाई दश हजार रुपैयाँ र गोठ आगलागी पीडित श्यामलाल विकलाई ५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको छ ।


सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले संस्थालाई यस अवस्थामा ल्याइपु¥याउन सहयोग पु¥याउने संस्थापक, कार्यसमिति, साधारण सदस्य तथा कर्मचारी लगायत दातृ निकाय, सरोकारवालाई धन्यवाद ग्यापन गर्दै सहयोग र योगदानको प्रसंशा गरे ।
जोखिममा परेका समुदायलाई आत्मनिर्भर, स्वस्थ र समतामूलक समाज निर्माणमा मन वचन र कर्मले लाग्न प्रेरित गरेको उल्लेख गर्दै राज्यले दिएको जिम्मेवारी पूरा गर्न लागिरहने प्रतिवद्धता पनि ब्यक्ति गरे ।
कार्यक्रममा गैरसरकारी महासंघका उपाध्यक्ष रत्नप्रसाद कँडेल, सचिव तथा संस्थाका आजिवन सदस्य बलराम लामा, संस्थाका पदाधिकारीहरु, साधारण सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Share this

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • Milan Kumar Ghising

    समाचार प्रकाशित गरी थप उत्साहित बनाएकोमा हार्दिक धन्यवाद।