नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
२१ असोज, रामेछाप–जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारबीच समन्वय र सहकार्य नभएको देखिएको छ । जिल्ला प्रशासन कार्यालय संघीय सरकारको प्रतिनिधि संस्था हो । जिल्ला प्रशासन कार्यालय संघीय सरकारको प्रतिनिधि संस्था भएकाले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयबीच समन्वय हुन आवश्यक छ तर रामेछाप जिल्लामा त्यस्तो पाइएन ।
जिल्ला प्रशासन कार्यालय रामछापले प्रकाशन गरेको सूचनाप्रति असहमति जनाउँदै मन्थली नगरपालिकाले अर्को सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार सार्वजनिक सूचना जारी गर्दै विद्यालय नखुलाउन र वैकल्पिक माध्यमबाट पठनपाठन गराउन अनुरोध गरेको थियो ।
नेपाल सरकारको भदौ २९ गतेको निर्णयलाई आधार मानि जिल्ला प्रशासन कार्यालय रामेछापले अर्को सूचना जारी नभएसम्म नियमित पठनपान नगर्न र नगराउन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गरेको थियो ।
जिल्लामा कोरोना संक्रमितको संंख्या बढ्दो क्रममा रहेकाले विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्दा, शिक्षक, विद्यार्थी र अभिभावको माध्यमबाट समुदाय स्तरमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै प्रशासनले विद्यालय नखुलाउन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गरेको थियो ।
विद्यालय खुलाएको कारण समुदाय स्तरमा कोरोना संक्रमण फैलिएमा त्यसको जिम्मेवारी विद्यालय र सम्बन्धित निकायले लिनुपर्ने भन्दै संक्रमणको जोखिम बढाउने काम कारबाही गरे÷गराएको पाइएमा कानून बमोजीम कारबाही हुने पनि जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको विषयलाई लिएर मन्थली नगरपालिकाले बुधबार अर्को सूचना जारी गर्दै स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गरेको मन्थली नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनाले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानूनको उपहास गरेको नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।
आधाभूत र माध्यमिक शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय सरकारको एकल अधिकार अन्तर्गत रहेको नगरपालिकाले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) (ज) मा उल्लेखित प्रावधान अनुसार आधाभूत र माध्यमिक तहको शिक्षाको नीति, कानून, मापदण्ड, योजना तर्जुमा अनुगमन मूल्यांकन र नियमनको कार्य स्थानीय सरकारको रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गरेको नगरपालिको दावि छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनालाई अनधिकृत भन्दै अनधिकृत सूचनाको आधारमा विद्यालय सिकाई केन्द्र बन्द नहुने मन्थली नगरपालिकाले जनाएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरि विद्यालय शिकाई केन्द्र निरन्तर रुपमा सञ्चालन गर्न र गराउन समेत मन्थली नगरपालिकाले, नगरपालिका क्षेत्रभित्रका सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
त्यस्तै सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले पनि प्रमुख जिल्ला अधिकारीले स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप गर्ने दुस्साहक गरेको बताए । रामेछाप जिल्लामा सबै नगरपालिका तथा गाउँपालिकाहरुले जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनाको निन्दा गरेका छन् ।