गायिका कल्पना सुनुवारको यसपालिको दशैँ र तिहार यस्तो हुँदैछ

 शनिबार, अशोज २४, २०७७ | onlinenews

२४ असोज, काठमाडौं– लोकदोहोरी गायिका कल्पना सुनुवारले “दशैँ र तिहार” बोलको दशै गीत बजारमा ल्याएकी छन् । कोरोना भाइरसको महामारीको कारण भएको लकडाउनपछि गायिका सुनुवारले पहिलो पल्ट “दशैँ र तिहार” बोलको गीत बजारमा ल्याएकी हुन् ।
“दशैँ र तिहार” गीतमा कल्पना सुनुवार र गणेश सुनुवारले स्वर दिएका छन् भने यूनिक भोजराज विकको लिरिक्स रहेको छ । एरेञ्ज कृष्ण विकले गरेको “दशैँ र तिहार”को मिक्सिङ्ग खड्ग बाजुरालीले गरेका हुन् । नेप्को इन्टरटेनमेन्टले बजारमा ल्याएको “दशैँ र तिहार”को म्यूजिक भिडियोको निर्देशन समिर थोकरले गरेका हुन् ।

प्रतिकृया

Add